११ मंसिर २०८१ मंगलबार
image/svg+xml
विचार

आफ्नो घर आफैलाई भार

महाभूकम्पमा परी सिन्धुपाल्चोक हेलम्बु गाविसका ३३ जनाले ज्यान गुमाए। तामाङ र शेर्पा समुदायका आफ्ना जातिगत विशेषता झल्काउने सुन्दर घरहरू पृथ्वीको केही सेकेन्डको कम्पनले सोत्तर बने। आधुनिकतासँगै हेलम्बुमा पनि सिमेन्टेड घरहरू नबनेका होइनन्। तर तिनले पनि भूकम्पको प्रकोप समन गर्न सकेनन्।ढुंगा र माटोका गारो भएका परम्परागत विधिद्वारा निर्मित घरहरूजस्तै धरतीमा लम्पसार नपरे पनि पिलर सिस्टमबाट बनेका सिमेन्टका घर गंगटाका खुट्टासरी टेढोमेढो देखिन्छ अहिले, जसलाई मानिस आफैले नढाली सुखै छैन। यस महाभूकम्पबाट चाहि" ढुंगा र माटोका गारो भएका घरहरू भूकम्पका आहारा रहेछन् भन्ने कुराको निविर्वादरूपमा पुष्टी भएको छ। अब बन्ने घरहरू यस्तो परम्परागत प्रविधिवाट बनाइनु हु"दैन र मानिसले अब पक्कै पनि यस्तैखाले घर बनाएर जोखिम मोल्ने पनि छैनन्। तर आधुनिक घरको नाममा सिमेन्ट र पिलर हु"दैमा घर भूकम्पप्रतिरोधी पनि नहुने रहेछन्।

महाभूकम्पपछि हेलम्बुको तिम्बुबेसीमा समाजशास्त्री एवं चिन्तक प्रध्यापक चैतन्य मिश्र, जलस्रोतविद् अजय दीक्षित, समाजिक विकास अभियन्ता विमल फुयाँललगायत सम्मिलित टोलीले स्थानीय वासिन्दाहरूसँग भूकम्पबाट उत्पन्न परिस्थिति र अगामी आवासको अवस्थाबारे छलफल गर्दा भूकम्पपीडित स्थानीयहरू भूकम्पप्रतिरोधी प्रविधि प्रयोग गरिएको एक–दुई तले घर नै राम्रो हुने राय प्रकट गरिरहेका थिए। साथै, यस्तो घर बनाइँदा परम्परिक पहिचानलाई भुल्न नहुनेमा पनि उनीहरू जोड दिइरहेका थिए। बहुजातीय नेपालमा भाÈिक र सांस्कृतिक विविधता भएजस्तै घरहरू पनि एकैखालका छैनन्। कोसौँ टाढाबाट छुट्याउन सकिन्छ बाहुन, नेवार, गुरूङ, तामाङ, शेर्पा, थारू, धिमाल वा सतार बस्तीहरू। त्यसैले तिम्बुबेसीका महिलाहरू त अझ जोड दिँदै भनिरहेका थिए, भरसक आफ्नो संस्कृति झल्कने घर नै बनाइयोस्, बाहिर आरसीसी (सिमेन्ट) भए पनि भित्री सजावट उनीहरूका परम्परागत सरसमान, भाडावर्तन र पूजाकोठा मिल्नेगरी होस्।

अहिले इन्द्रचोकको साडी पसलेले ग्राहकलाई एकपछि अर्को साडी देखाएजस्तै गरी सरकार मातहतको राष्ट्रिय योजना आयोगले भूकम्पप्रतिरोधी घरका नमूना एकपछि अर्को प्रस्तुत गरिरहेको छ। उता, इन्जिनियरिङका प्राविधिकहरू अनेक खाले नमूना दिनहु" प्रस्तुत गर्दै आइरहेका छन्। तर यता जनताचाहि" एकपछि अर्को नमूना देखेर तिर्मिराइरहेका छन्। आवासबारे दाताहरूको आफ्नै स्वार्थ छ। उनीहरू आफ्ना उत्पादनको बजार नेपालमा खोज्दैछन्। पूर्णतया आयातित सामानहरू एसेम्बल्ड गरेर बनाइने प्रिफ्याब नेपालमा भित्र्यान उनीहरू दिलोज्यानले लागिपरेका छन्। दाउराको चुह्लो, अन्नका भकारी र चौपायाहरू सबैका लागि के प्रिफ्याब उपयुक्त हुनसक्छ, दाताहरूसँग यसको उत्तर छैन। तर विडम्बना, नेपालका लागि भूकम्पलगायत अन्य जोखिम र विपत्बाट सुरक्षित राख्न सकिने, सांस्कृतिक अनि जातिगत पहिचान झल्किने, स्थानीय निर्माण सामग्रीहरूको उपयोग हुने नमूनामा कसैको ध्यान पुगेको छैन। विकसित देशका आवास क्षेत्रमा साना घरहरूको बर्चस्व छ। युरोपेली र जापानीहरू सानो घर रुचाउँछन्। अक्सर राम्रो आर्थिक हैसियत नभएकाहरूमात्र अग्लो अपार्टमेन्टमा एक–एक कोठामा चराले गु"ड लगाएजसरी कोचिएर बसेका हुन्छन् ती देशहरूमा।

सहरी आवासलाई लिएर वास्तुविद् प्राध्यापक सुदर्शनराज तिवारीको विचारले म तरंगित हुन्छु। आधुनिक अनि पश्चिमेली आर्किटेक्चरको अध्ययनसँगै वास्तुशास्त्रको पूर्वीय चिन्तन प्रा. तिवारीको आवासबारेको विशिष्ट अवधारणा हो। तिवारी भन्नुहुन्छ, 'मानिसको शरीरको पञ्चइन्द्रीय चेतना तथा मष्तिष्कको पा"च भिन्न तह काल, कला, विद्या, माया र नियतिका अनुभूतिबाट सिर्जित अनुभवद्वारा नै पूर्वीय दर्शनको निर्माण भएको हो।' तसर्थ मानिसको पञ्चइन्द्रीय चेतना र ब्रह्माण्डको अस्तित्वको पञ्चतŒवसँग आवासको तादात्म्य हुनुपर्ने तिवारीको मत छ। आज हामीलाई यस्तो आवास चाहिएको छ, जो हावा, पानी र घाम प्रतिरोधी होस्। हामीलाई गर्मीमा जाडोको मौसम चाहिएको छ र जाडोमा गर्मीको अनुभूति गर्नुपरेको छ। हामी किन आफ्नो आवास बनाउँदा प्रकृतिसँग कसरी तदात्म्य मिलाउने भनेर सोच्न सक्दैनौँ? तिवारीको प्रश्न छ।

हामीले आफ्नो घरलाई सधैँ आफ्नो प्रतिष्ठासँग जोडेर हेर्यौँ । 'जति ठूलो घर त्यति नै समृद्ध' हाम्रो बुझाइ यस्तै रह्यो। करेसाबारीलाई मिचेर भए पनि अलि ठूलै घर बनाइछाड्यौँ। आकाश त झन् आफ्नै भइगयो, त्यो कसले छेक्ने! छेकिहाले पनि पत्रम्–पुष्पम्को उपाय त छँदैछ नि! तर अहिले नियम मिचेर अग्ला घर बनाउनेहरू आफ्नै घरबाट आतंकित छन्। एउटा कोठामात्र थप्दा महिनाको कम्तीमा पनि चार–पा"च हजार ढुकुटीमा थपिने लोभले नियमविपरीत तलामाथि थला थप्नेहरू अहिले 'आफैलाई भार भयो आज आफ्नै जिन्दगी' भावमा माथिल्ला तलाहरू भत्काउन लागिपरेका छन्! तपाईं काठमाडौँ, अन्य सहरहरू तथा नगरोन्मुख बस्तीमा त्यस्ता बग्रेल्ती घर देख्न सक्नुहुनेछ, जसको भुइ"तलामा पसलका लागि सटरहरू हुन्छन्। सलाईका काँटीजस्तै गरी एक इन्च जमिन नछाडी घर ठड्याइएका हुन्छन् र घरको छतमा आइफेल टावरजसरी नेपाल टेलिकम, एनसेल वा युटीएल आदिका मोकाइल टावरहरू आकाश ताकिरहेका हुन्छन्। अझ, अन्तरकुन्तर खाली ठाउँ बा"की रहे विज्ञापनका एक–दुई होर्डिङ बोर्डहरू पनि सजाइएका हुन्छन्।

हिजोआज सञ्चारमाध्यमहरूमा देख्न, सुन्न र पढ्न पाइन्छ सम्बन्धित टेलिकम कम्पनीहरूसँग टावर हटाइदिन घरमालिकहरू हारगुहार गर्दैछन् रे! हिजो दुई–चार पैसाका लागि 'बालका खाल' (रौँको पनि छाला) सम्म नछाड्ने उनीहरू आज आफ्नो सुरक्षाको लागि चिन्तित बनेका छन् र आफ्नै घर फर्किन सकिरहेका छैनन्। हिजो सहरको माझमा र दिनको उज्यालोमा कानुनलाई धोती लागाइदिनेविरुद्ध नियमनकारी निकाय कहा" सुतेर बसिरहेको थियो? आज ती राष्ट्रसेवकहरूलाई आफ्ना नियमकानुनबारे झक्झकाउन महाभूकम्प नै आउनु पर्योक!

भौगर्भिकरूपले काठमाडौँको माटो 'हाइराइज अपार्टमेन्ट' का लागि उपयुक्त छैन। कुनै बेला ताल रहेको काठमाडौँको सतह बालुवा, पाँगो माटो र कालिमाटीले बनेको छ, जसले अत्यधिक भार खेप्न सक्दैन। अर्कोतिर धार्मिक–सांस्कृतिक दृष्टिले हेरि"दा हाइराइज हाम्रो संस्कृति पक्कै होइन। हामी नेपाली जाति जमिनसँग जोडिएका छौँ। यदि कसैको देहत्यागको समय आए, उसलाई तुलसीको मोठछेउ राखिनुपर्छ। यो जमिनसँग जीवनको निकटताको प्रमाण हो। विवाहदेखि सबै पवित्र कर्म जमिनमै हुन्छन्। घर जतिसुकै अग्लो ठडियून्, लक्ष्मी पूजाको सा"झ बत्ती गोबर र रातो माटो लिपेर अविच्छिन्न पूजा कोठासम्म पुर्याजएरमात्र बालिन्छ। अहिले प्रकृतिको भयानक कम्पनबाट हाम्रो होसहवास उडेको छ र चेत फर्किएको छ।

पुनर्निर्माण र नवनिर्माणको कोलाहलले हाम्रो मष्तिष्क नराम्ररी थिलिएको बेला, हामीले आफ्नो आवासबारे ठन्डा दिमागले नसोची धरै छैन। हाम्रो अबको घर कस्तो हुनुपर्ने हो? आफ्नै घर देखेर आफै भाग्नुपर्ने नियति फेरि नदोहोरियोस्!

प्रकाशित: २४ जेष्ठ २०७२ २०:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App