११ पुस २०८२ शुक्रबार
image/svg+xml
राजनीति

'खेलाडी र कलाकार राष्ट्रका गौरब हुन्'

नेकपा (माओवादी केन्द्र), कोशी प्रदेशका सचिवालय सदस्य तथा सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले खेलाडी र कलाकार राष्ट्रका गौरब रहेको बताएका छन्।

शनिबार (आज) काठमाडौंको कपनस्थित शारदा एकेडेमीमा सिर्जनशील युवा एकता समाजद्वारा आयोजित सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै राईले यस्तो बताएका हुन्।

'खेलाडी र कलाकार राष्ट्रका गौरब हुन्,' राईले भने, 'हामी राष्ट्रका गहना भन्छौँ तर, हामीले गौरब भन्नुपर्छ, यसकै रूपमा बुझ्नुपर्छ। उनीहरूलाई सम्मान गर्नुपर्छ।'

त्यसैले यसमा पनि राज्यले लगानी गर्नुपर्ने उनले बताएका छन्। 'यस क्षेत्रमा राज्यले आवश्यक लगानी गर्न आवश्यक छ। अरु क्षेत्रको तहमा यसमा लगानी हुन आवश्यक छ,' राईले भने।

उनले अहिले एउटा दशरथ रंगशालाले लाज छोपिरहनुपर्ने अवस्था रहेको बताएका छन्।

कार्यक्रममा राष्ट्रिय खेलाडी प्रीति राई र गायक कुमार प्रयास सम्मानित भएका थिए।

प्रकाशित: ३० चैत्र २०८१ २२:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App