३ वैशाख २०८२ बुधबार
image/svg+xml ६:३६ पूर्वाह्न
समाज

‘हेल्थ जर्नालिस्ट अवार्ड’ नागरिककर्मी सुनारलाई

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले प्रदान गर्ने पहिलो ‘हेल्थ जर्नालिस्ट अवार्ड’ नागरिककर्मी पवित्रा सुनारलाई प्रदान गरिएको छ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल र परिषद्का निर्देशक डा. प्रमोद जोशीले ११औं स्वास्थ्य वैज्ञानिक सम्मेलन तथा परिषद्को स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सुनारलाई तक्मा र प्रमाणपत्रसहित सम्मान गरेका हुन्।

स्वास्थ्य क्षेत्रका खोजमूलक तथा अनुसन्धान प्रधान समाचार सम्प्रेषण गर्ने पत्रकारमध्येबाट छनोट गरिएको यस अवार्डका लागि यस पटक आठ जना प्रतिस्पर्धी थिए।

परिषद्ले अबदेखि हरेक वर्ष कार्यविधिअनुसार उत्कृष्ट स्वास्थ्य पत्रकारलाई सो अवार्ड प्रदान गर्ने जनाएको छ।

डेढ दशकदेखि स्वास्थ्य पत्रकारिता र दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय सुनार यसअघि राधा क्यान्सर अवार्डसहित थुप्रै स्वास्थ्य पत्रकारिता पुरस्कारबाट सम्मानित भइसकेकी छन्।

प्रकाशित: ३० चैत्र २०८१ २०:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App