३ वैशाख २०८२ बुधबार
image/svg+xml ८:५२ पूर्वाह्न
समाज

८ भन्दा बढी दमकलको प्रयासपछि बालाजु औद्योगिक क्षेत्रको आगलागी नियन्त्रणमा

तस्बिर: दिपेश दर्शनधारी/नागरिक

काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा शनिबार भएको भीषण आगलागी नियन्त्रणमा आएको छ।

बालाजुस्थित एक प्लास्टिक उद्योगमा लागेको आगो सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टोली तथा आठभन्दा बढी दमकलको प्रयासपछि नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, आगलागीको खबर प्राप्त भएपछि तत्काल नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली घटनास्थलमा परिचालित गरिएको थियो।

सुरुवाती चरणमा जुद्ध बारुण यन्त्रका तीनवटा दमकल प्रयोग गरिएको र पछि थप दमकलहरु पनि परिचालन गरिएको प्रहरीले जनाएको छ।

आगलागीको कारण र क्षतिको विवरण भने आउन बाँकी छ।

हेर्नुहोस् तस्बिरहरु। सबै तस्बिर: दिपेश दर्शनधारी/नागरिक

प्रकाशित: ३० चैत्र २०८१ १८:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App