३१ चैत्र २०८१ आइतबार
image/svg+xml १०:५ पूर्वाह्न
अन्तर्राष्ट्रिय

पेरिस लागे भारतका प्रधानमन्त्री मोदी, उतैबाट अमेरिका जाने

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पाँच दिनको विदेश भ्रमणका क्रममा फ्रान्स प्रस्थान गरेका छन् । पेरिसबाट अमेरिका जाने तयारीमा नयाँदिल्लीबाट निस्किएका मोदी फेब्रुअरी १२ सम्म फ्रान्समा रहनेछन् । त्यसपछि उनले फेब्रुअरी १४ सम्म अमेरिकाको भ्रमण गर्नेछन् ।  

तेस्रो कार्यकालमा मोदीको यो पहिलो फ्रान्स भ्रमण हो । स्थानीय समयअनुसार सोमबार साँझ पेरिस पुग्ने प्रधानमन्त्री मोदीले मंगलबार ग्रान्ड प्यालेसमा राष्ट्रपति इम्यानुएल म्याक्रोसँग आर्टिफिसियल इन्टेलिजेन्स ९एआई० एक्सन समिटको सह–अध्यक्षता गर्नेछन् । बेलायत र दक्षिण कोरियापछि फ्रान्समा आयोजना गरिएको उक्त सम्मेलनमा एआईको जिम्मेवार प्रयोग बारे छलफल हुनेछ ।

दोस्रो कार्यकालका लागि अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि डोनाल्ड ट्रम्पललाई भेट्न जान लागेका मोदीले आफ्नो भ्रमणलाई भारत–अमेरिका सम्बन्धलाई सुदृढ पार्ने महत्त्वपूर्ण अवसरको रूपमा चित्रण गरेका छन् । सामाजिक सञ्जाल एक्समा उनले राष्ट्रपति ट्रम्पसँगको भेटले दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित: २८ माघ २०८१ १४:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App