काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले 'मेरो माया लाग्छ?' भनेर लेखेको फेसबुक स्टाटस हटाएका छन्।
उनले शनिबार राति १० बजेपछि 'मेरो माया लाग्छ?' भनेर स्टाटस लेखेका थिए।
उनले कुन सन्दर्भमा लेखेका हुन्, ठ्याक्कै बुझ्न सकिँदैन। तर, शाहले मुख्यत: राति नै यस्ता स्टाटस लेख्दै आएका छन्।
यस कारण उनको आलोचना समेत हुने गरेको छ। उनको यो स्टाटस भाइरल समेत भएको थियो।
प्रकाशित: ३१ चैत्र २०८१ ०९:०६ आइतबार