१४ वैशाख २०८२ आइतबार
image/svg+xml २:३२ पूर्वाह्न
राजनीति

उच्च सरकारी कर्मचारीका लागि दुई वर्षको ‘कुलिङ समय’ अनिवार्य गरौँ: नेता कोइराला

फाइल तस्बिर

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले उच्च सरकारी कर्मचारीलाई संवैधानिक निकाय, राजदूत वा अन्य जिम्मेवारीमा नियुक्त गर्नुपूर्व कम्तीमा दुई वर्षको ‘कुलिङ पिरियड’ राख्नुपर्ने सुझाव दिएका छन्। यसले पारदर्शिता कायम गर्न र कन्फ्लिक्ट अफ इन्ट्रेस्ट कम गर्न सहयोग पुग्ने उनको भनाइ छ।

नेपालमा उच्च तहमा भएका सरकारी कर्मचारी वा पदाधिकारीले आफ्नो पदबाट बाहिरिएपछि निश्चित समय पूरा नहुँदै अन्य संवैधानिक निकाय, राजदूत वा समान प्रकृतिका जिम्मेवारीमा नियुक्त पाउने गरेका छन्। यसले उनीहरूको पूर्वपदको प्रभाव र स्वार्थ पनि सँगै आउने भएका कारण पारदर्शिता र निष्पक्षता कायम हुने कुरामा प्रश्न उठ्ने गरेका छ।

सामाजिक सञ्जाल एक्समा कोइरालाले लेखेका छन्, ‘उच्च पदस्थ सरकारी कर्मचारीहरूलाई संवैधानिक  निकाय, राजदूत वा अन्य पदमा नियुक्ति गर्दा कम्तीमा दुई वर्षको कुलिङ समय राख्नु पर्दछ । यसले पारदर्शिता बढाउने र कन्फ्लिक्ट अफ इन्ट्रेस्टलाई कम गर्न मद्दत गर्दछ ।’

प्रकाशित: ३१ चैत्र २०८१ ०९:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App