२३ भाद्र २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

राष्ट्रपतिको दौडबाट बाहिरिए बाइडन, कमलालाई समर्थन

अमेरिकी राष्ट्रपति जो बाइडनले राष्ट्रपति निर्वाचनमा भाग नलिने निर्णय गरेका छन्।

बढ्दो दबाबकाबीच राष्ट्रपति बाइडनले दोहोर्याएर राष्ट्रपति निर्वाचन नलड्ने निर्णय गर्दै उप राष्ट्रपति कमला ह्यारिसलाई समर्थन गरेका छन्।  

बाइडनले आफ्नो सामाजिक सञ्जालमा सोबारे जानकारी दिएका छन्।

रिपब्लिकन पार्टीको तर्फबाट पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प आगामी राष्ट्रपति निर्वाचनका लागि मैदानमा छन्।

गत जून महिनाको अन्त्यतिर रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प र राष्ट्रपति बाइडनबीच बहस भएको थियो। जसमा बाइडनको प्रदर्शन निकै निराशाजनक थियो। त्यसपछि उनीमाथि राष्ट्रपतिको आगामी निर्वाचनमा भाग नलिन दबाब बढ्दै गएको थियो।

सन् २०२० मा भएको राष्ट्रपति निर्वाचनबाट बाइडन अमेरिकाको राष्ट्रपति बनेका थिए भने कमला उप राष्ट्रपतिमा निर्वाचित भएकी थिइन्।

प्रकाशित: ७ श्रावण २०८१ ०७:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App