२३ भाद्र २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बाइडन कोरोना सङ्क्रमित, राष्ट्रपति निर्वाचनबाट पछि हट्न दबाब बढ्न सक्ने

अमेरिकी राष्ट्रपति जो बाइडन कोरोना सङ्क्रमित भएका छन्। राष्ट्रपति निर्वाचनबाट पछि हट्न दबाब परिरहेका बेला उनी कोरोना सङ्क्रमित हुँदा दबाब थप बढ्ने आँकलन गरिँदैछ।

ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारीन जीन पियरेका अनुसार अमेरिकी राष्ट्रपति बाइडनलाई कोरोनाविरुद्धको बुस्टर खोप लागेको अवस्थामा कोरोना सङ्क्रमण भएको हो।

८१ वर्षीय बाइडन यसअघि पनि दुईपटक कोरोना सङ्क्रमित भइसकेका छन्।

अमेरिकी राष्ट्रपति बाइडनले आफू कोरोना सङ्क्रमित भएको जानकारी एक्समार्फत् दिएका छन्।

कोरोना सङ्क्रमित भएपछि उनले राष्ट्रपति निर्वाचन केन्द्रीत आफ्ना चुनावी सभा स्थगित गरेका छन्।

पछिल्लो समय राष्ट्रपति बाइडनमाथि राष्ट्रपति निर्वाचनको उम्मेदवारीबाट पछि हट्न डेमोक्रेट पार्टीकै तर्फबाट दबाब बढ्न थालेको छ।

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको प्रत्यक्ष बहसको क्रममा बाइनडको प्रस्तुति निकै कमजोर भएपछि उनलाई राष्ट्रपति निर्वाचनबाट पछि हट्न दबाब बढ्दै गएको हो।

प्रकाशित: ३ श्रावण २०८१ ११:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App