२३ भाद्र २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कानमा पट्टी लगाएर पार्टीको राष्ट्रिय सम्मेलनमा सहभागी भए ट्रम्प

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि आक्रमण भएपछि पहिलो पटक सार्वजनिक समारोहमा सहभागी भएका छन्।

रिपब्लिकन पार्टीको राष्ट्रिय सम्मेलनका लागि उनी कानमा पट्टी लगाएर मिलवाऊकी पुगेका हुन्। 

आइतवार पेन्सिल्भेनियामा चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार भएको थियो। कानमा गोलीको छर्रा लागेका कारण उनले कानमा पट्टी लगाएका हुन्।

रिपब्लिकनले आगामी राष्ट्रपति निर्वाचनमा ट्रम्पलाई औपचारिक रुपमा राष्ट्रपति पदको उम्मेदवार घोषणा गरेको छ। यस्तै जेडी वेन्सलाई उपराष्ट्रपतिको उम्मेदवार घोषणा गरिएको छ।

सम्मेलनमा ट्रम्प निकै उत्साहित देखिए। उनले आफूमाथि भएको आक्रमणले चुनावी सभा र मनोबललाई कमजोर नबनाउने बताएका छन्।

प्रकाशित: १ श्रावण २०८१ १०:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App