२३ भाद्र २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

आक्रमण पछि फेरियो ट्रम्पको बोली, भन्छन्ः बाइडनको आलोचना गर्दिन

आक्रमण पछि अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको बोली फेरिएको छ। शुक्रवार चुनावी सभाको क्रममा पूर्व राष्ट्रपति ट्रम्पमाथि गोली प्रहार भएको थियो। गोलीको छर्रा लागेर दाहिने कानमा चोट लागेका ट्रम्पको अब भने बोली फेरिएको छ।

आक्रमण पछि पहिलो पटक अन्तर्वार्ता दिँदै उनले अमेरिकी राष्ट्रपति जो बाइडनको  आलोचनाको साटो एकताको सन्देश दिएका छन्।

चुनावी सभाको क्रममा दिने आफ्नो भाषणलाई दोहार्याएर लेख्दै उनले बाइडनको आलोचनाको साटो एकताको सन्देशमाथि केन्द्रीत गरिएको बताए।

ट्रम्प रिपब्लिकन पार्टीको राष्ट्रिय सम्मेलनमा भाग लिन मिलवाउकी पुगेका छन्। मङ्गलवारदेखि मिलवाउकीमा चारदिने राष्ट्रिय सम्मेलन सुरु हुँदैछ। जसमा ट्रम्पलाई  आधिकारिक रुपमा रिपब्लिकन पार्टीको राष्ट्रपति उम्मेदवार घोषणा गरिने छ।

सोही क्रममा एक अन्तर्वाताको क्रममा उनले भने, ‘यदि ममाथि आक्रमण नभएको भए यो भाषण असाधारण भाषण हुने थियो होला। यसमा बाइडन सरकारको नीतिको आलोचना हुने थियो होला। तर, अब इमान्दारीका साथ भन्न चाहन्छु, मेरो यो भाषण निकै फरक हुनेछ। देशलाई एकसाथ ल्याउने यो मेरोलागि राम्रो अवसर हो।’

उनले आफूमाथि भएको आक्रमणबारे विभिन्न तथ्यहरू सार्वजनिक भइरहेको भन्दै सत्यतथ्य चाँडै बाहिर आउने बताए।

उनले आफूमाथि आक्रमण भएपनि यो उर्जा जनताको साथ, माया र समर्थनले आइरहेको उल्लेख गरे।

प्रकाशित: ३१ असार २०८१ १२:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App