१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

रूसमाथि अमेरिकाको ५०० नयाँ प्रतिबन्ध

अमेरिकाले रूसमाथि पाँच सयभन्दा बढी नयाँ प्रतिबन्ध लगाउने घोषणा गरेको छ।

यूक्रेनसँग जारी युद्ध र रूसका विपक्षी नेता एलेक्सी नवालनीको मृत्युलाई कारण बताउँदै अमेरिकाले रूसमाथि ५ सयभन्दा बढी नयाँ प्रतिबन्ध लगाउने घोषणा गरेको बीबीसीले जनाएको छ।

यूक्रेनमाथि रूसले आक्रमण सुरु गरेको २ वर्ष पूरा भएको अवसरमा अमेरिकाले यस्तो घोषणा गरेको हो।

रूसको प्रमुख कार्ड पेमेन्ट सिस्टम, आर्थिक र सैन्य संस्थान तथा नवालनीको आर्कटिक सर्कल जेलका अधिकारीलाई लिएर अमेरिकाले प्रतिबन्धको घोषणा गरेको बताइएको छ।

अमेरिकाले लगाउने नयाँ प्रतिबन्धमा रूसको करिब १ सय फार्म र केही व्यक्तिहरू पनि छन् जसलाई आवतजावत र निर्यातमा समस्या हुनेछ।

प्रकाशित: १३ फाल्गुन २०८० ०७:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App