१० पुस २०८२ बिहीबार
image/svg+xml
कला/संस्कृति

‘विश्व-ज्योति काव्यसमान’ वरिष्ठ कवि उषा शेरचनलाई

‘एपेक नेपाल’ ले ‘विश्व-ज्योति काव्यसमान’ पहिलोपटक वरिष्ठ कवि उषा शेरचनलाई अर्पिएको छ। सम्मान पत्रसहित ५१ हजार रुपैयाँ नगद राशिसहित उनलाई सम्मान अर्पिएकाे हाे।

सम्मानित शेरचन कविता, मुक्तक, आख्यान, गीत जस्ता साहित्यका विविध विधामा उत्तिकै सक्रिय छिन्। नजन्मेका आस्थाहरू (कवितासङ्ग्रह), अक्षरहरूका शिविरबाट (मुक्तकसङ्ग्रह), सर्वकालीन पीडा र जागृतिका शङ्खघोष (कवितासङ्ग्रह), तेस्रो रङ्ग (कथासङ्ग्रह), आधि (उपन्यास ) आदि उनका प्रकाशित कृति हुन्।

उनले अभीप्सा, सञ्चयन, मेरो माटो मरो गीत, संवेदन र आकाश छुने रहर नामक पाँच गीति एलबम सांगीतिक बजारमा ल्याएकी छन्।

‘मुक्तक सम्राज्ञी’ ले परिचित शेरचन विभिन्न संघसंस्थाबाट पुरस्कृत व्यक्तित्व हुन्। समाज सेवाको क्षेत्रमा उनको छुट्टै पहिचान छ।

त्यस्तै कार्यक्रममा कवि हेमन्त शिशिरको ‘बन्द कोठाको झ्याल’ कवितासङ्ग्रह लाेकार्पण गरिएकाे छ। ललितकला प्रज्ञाप्रतिष्ठानको कुलपति नारदमणि हार्तम्छाली, प्राडा रजनी ढकाल, कविहरू राजेन्द्र सलभ, विश्वविमोहन श्रेष्ठ, उषा शेरचन र कवि शिशिरले संयुक्त रूपमा कृतिकाे लाेकार्पण गरेका हुन्।

‘एपेक नेपाल’ ले काव्य विधाकाे प्रवर्द्धन गर्न ४० वर्ष ननाघेका र कुनै कृति प्रकाशित नभएकाे कविलाई ‘विश्वज्योति पाण्डुलिपि पुरस्कार’ स्थापना गरेकाे पुरस्कार कवि हेमन्त शिशिरकाे ‘बन्द कोठाको झ्याल’ ले हात पारेकाे हाे।

प्रकाशित: २७ चैत्र २०८१ ०९:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App