८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

रूसको पेस्कोफस्थित विमानस्थलमा ड्रोन आक्रमण, दुईवटा विमान क्षतिग्रस्त

रूसको उत्तर पश्चिमी शहर पेस्कोफस्थित विमानस्थलमा युक्रेनले ड्रोन आक्रमण गरेको दावी गरेको छ।  

स्थानीय गभर्नर मिखेल भेदेरिनिकोभका अनुसार युक्रेनी सेनाले लात्भिया र इस्टोनियाको सीमा नजिकै रहेको पेस्कोफमा रहेको विमानस्थलमा लगातार ६ वटा ड्रोन आक्रमण गरेको हो।

बीबीसीका अनुसार ड्रोन आक्रमणका कारण चार वटा ट्रान्सपोर्ट विमानमा क्षति समेत पुगेको रूसी सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।  

रूसी समाचार संस्था तासले ड्रोन आक्रमण पछि भएको आगलागीमा दुईवटा विमान पूर्ण रुपले क्षति भएपनि मानवीय क्षति भने नभएको जनाएको छ।  

पेस्कोफ युक्रेनबाट करिब ६ सय किलोमीटरको दुरीमा पर्छ।  

यस विषयमा युक्रेनले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन।  

यता रूसले पनि आज बिहान युक्रेनको किभमा मिसाइल आक्रमण गरेको छ।  

प्रकाशित: १३ भाद्र २०८० ०५:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App