जनकपुरको सुरक्षा अस्पतालमा महिलाको मृत्यु भएपछि चिकित्सक फरार
जनकपुरस्थित जनकपुर सुरक्षा अस्पतालमा एक महिलाको मृत्यु भएको छ। जनकपुरधाम उपमहानगरपालिका–१५ कपलेश्वरकी ३५ वर्षीया सोनिया साहको उपचारको क्रममा शुक्रबार मृत्यु भएको थियो।
जनकपुरस्थित जनकपुर सुरक्षा अस्पतालमा एक महिलाको मृत्यु भएको छ। जनकपुरधाम उपमहानगरपालिका–१५ कपलेश्वरकी ३५ वर्षीया सोनिया साहको उपचारको क्रममा शुक्रबार मृत्यु भएको थियो।
लहान अस्पतालमा पछिल्लो नौ दिनयता रेविजविरुद्धको खोप अभाव भएपछि बनैँताजस्तै अन्य बिरामी महङ्गो शुल्क तिरेर निजी क्लिनिकमा जान बाध्य छन्।
छात्रबृती पछिको २ बर्ष अनिबार्य दुर्गम सेवा सकाएका उनले अरु थप एक बर्ष रोल्पा नै रोजे। बाहिर निजि क्लिनीकमा बिरामी जाच गर्न जाने रोग नसरेको रोल्पामा वली पनि २४ घण्टा सरकारी अस्पतालकै बिरामी हेर्दै बस्ने गरेका थिए। अधिकांश समय अस्पताल परिसरमै भेटिने उनी संग धेरै रोल्पालीको सामिप्यता पनि छ ।
डेंगुको उच्च जोखिमका रूपमा रहेको काभ्रेपलाञ्चोकमा संक्रमण रोक्न पूर्वतयारी थालिएको छ। जिल्ला स्वास्थ्य कार्यालयले ‘समयमै जोखिमलाई न्यूनीकरण गरौं’ अभियान चलाएको छ।
एक वर्षको डेङ्गु रोकथाम तथा नियन्त्रण कार्ययोजनामा डेङ्गु सङ्क्रमण असारदेखि बढ्दै गई भदौ र असोज महिनामा उच्च हुने प्रक्षेपण गरिएको इमिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनीले जानकारी दिए।
क्यान्सर अस्पतलामा वैशाख २४ गतेदेखि कार्यकारी पद खाली छ। यसअघि अस्पताल सञ्चालक समितिले समेत पूर्णता पाउन सकेको थिएन। असार २६ गते ६ जना स्वास्थ्यमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद्ले नियुक्त गरेको छ।
सुनसरीको वराहक्षेत्र नगरपालिकामा डेङ्गु रोगका बिरामी देखा पर्न थालेपछि रोकथाम अभियान थालिएको छ। वराहक्षेत्रका ११ वटै वडामा लार्भा सर्च एण्ड डिस्ट्रोय ( खोज नष्ट गर ) अभियान सुरु गरेको हो।
काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकास्थित मेथिनकोट जिल्ला अस्पतालको सेवा विस्तार गरिएको छ।अस्पतालबाट प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउँदै संरचना व्यवस्थापनमा लागेको अस्पताल व्यवस्थापन समितिले जनाएको छ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य सेवामा सबैको पहुँच पु¥याउन सूचना प्रविधिको प्रयोग बढाउन आवश्यक भएको बताएका छन्।
चितवनमा डेङ्गुबाट दुई हजार तीन सय छ जना संक्रमित भएका छन्। आर्थिक वर्ष २०७९/८० मा जिल्लामा डेङ्गुबाट चार जनाको मृत्यु भएको छ।
एडिस जातको लामखुट्टेले डेंगी फैलाउने गर्छ। लामखसट्टेले डेंगी मात्र नभई भारतमा देखिँदै आइरहेको तर नेपालमा पुष्टि हुन बाँकी जिका भाइरस र लेखकले सर्वप्रथम सन् २०१३ मा पत्ता लगाएको चिकुनगुनिया भाइरस पनि फैलाउने गर्छ। तर हाल नेपालमा विशेषत डेंगीको मात्र परीक्षण गर्ने गरेको पाइन्छ।
नेपालमा सूर्ति तथा मदिराजन्य पदार्थ प्रयोगकर्तामा महिलाको तुलनामा पुरुष बढी भएको पाइएको छ। नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ ले यी दुवै पदार्थ प्रयोग गर्नेमा पुरुष बढी भएको रिपोेर्ट सार्वजनिक गरेको हो।
पछिल्लो समय डेङ्गु सङ्क्रमण बढेको पाइएको छ। पानी लगातार पर्न थालेपछि डेङ्गु सङ्क्रमण उच्च भएको हो। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीले एक हप्ता यता सङ्क्रमण बढेको बताए।
बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले यहाँका ठूला चार अस्पताललाई सवारी पार्किङ निःशुल्क गर्न निर्देशन दिएका छन। अस्पतालले पार्किङ शुल्क लिने गरेको गुनासो आएपछि मन्त्री जोशीले अस्पतालका जिम्मेवार व्यक्तिलाई टेलिफोन गरी निर्देशन दिएका हुन।
डेंगु संक्रमण फैलिएर बिरामीको संख्या बढेपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले छुट्टै डेंगु क्लिनिक सञ्चालनमा ल्याइएको छ।
वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा आजदेखि बहिरङ्ग सेवा (ओपिडी) बिहान ८ बजेदेखि सुरु भएको छ।
सिन्धुली जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ।
गत आर्थिक बर्ष ८ सय ४० जना किशोरी स्वास्थ संस्थामा सुत्केरी भएका थिए भने यस आर्थिक बर्षमा यो संख्या ३ सय १० मा झरेको छ।
कृषकहरू खेतवारी तथा गाईवस्तुको काम गर्ने क्रममा सर्पले टोक्ने गरेको र बालबालिका खेल्ने क्रममा, राति सुतेको बेलामा टोकाइमा पर्ने गरेको पाइएको छ।
डेङ्गु रोग नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाले ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु गर्ने भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतद्वारा अभिव्यक्त कुरालाई आत्महत्यासँग जोडेर समाचार सम्प्रेषण नगर्न÷नगराउन अनुरोध गरेको छ।
ललितपुरको जावलाखेलस्थित क्लिनिक वानले सुनाइ सम्बन्धी अपांगता भएकाहरुलाई सहज रुपमा सेवा प्रदान गर्ने भएको छ।
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले ‘सुत्केरीसंग उपाध्यक्ष’ कार्यक्रम सुरु गरेको छ। पालिकाभरिका सुत्केरी महिलालाई वडा स्तरमै भेटी पोसिलो खानेकुरा सहितको प्याकेट प्रदान गर्न थालिएको पालिका उपाध्यक्ष शान्ताकुमारी आङबुहाङले बताईन्।
कालीकोटमा सञ्चालित सरुवा रोग अस्पताल बजेट अभावका कारण बन्द हुने अवस्थामा पुगेको छ।