२८ आश्विन २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

नेपालमा हैजा सङ्क्रमितको सङ्ख्या ३६ पुग्यो, सबैभन्दा धेरै ललितपुरमा

नेपालमा हैजा सङ्क्रमितको सङ्ख्या ३६ पुगेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै ललितपुरमा २३ जनामा हैजा सङ्क्रमण देखिएको छ।

मन्त्रालयको पछिल्लो विवरण अनुसार ललितपुरमा २३, प्यूठानमा ४, कैलालीमा ८ र काठमाडौँमा १ जनामा हैजा सङ्क्रमण देखिएको हो।

मङ्गलवार ललितपुर महानगरपालिकाको वडा नम्बर १७ मा एकजना र एकजना ठेगाना खुल्न नसकेकोमा हैजा सङ्क्रमण पुष्टि भएको हो।

साउनको पहिलो सातादेखि सुरु भएको सङ्क्रमण हालसम्म महालक्ष्मी नगरपालिका, गोदावरी नगरपालिका र ललितपुर महानगरपालिकामा गरी २३ जनामा देखिएको छ। ती मध्ये सबैभन्दा बढी गोदावरीको ठैैव स्थित एक सुधार गृहमा मात्र १२ जनामा सङ्क्रमण पुष्टि भएको छ।

त्यस्तै ललितपुर महानगरपालिका भित्र ६ जनाामा महालक्ष्मी नगरपालिका ५ जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ।

जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका डा.भुवन पौडेलले हैजा सङ्क्रमण कुनै एउटा टोलमा नभई फरक–फरक ठाउँमा फैलिएकोले सङ्क्रमणको कारण यकिन गर्नं कठिन भएको बताए।

उनले यसबारे थप अध्ययन भइरहेको भन्दै हालसम्म यसको मुख्य कारण दूषित पानी नै रहेको बताए।

प्रकाशित: २२ श्रावण २०८१ १३:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App