अंगदान गर्ने महिला, लिने पुरुष
पुरुषको अंगले काम नगर्ने भयो भने महिला जस्तोसकै अवस्थामा पनि अंग दिन तयार हुने तर महिलाको अंग बिग्रेर काम नलाग्ने भयो भने पुरुष तयार नहुने अवस्था छ। अंगदान गर्न पुरुषले कन्जुस्याइँ गर्छन्।
पुरुषको अंगले काम नगर्ने भयो भने महिला जस्तोसकै अवस्थामा पनि अंग दिन तयार हुने तर महिलाको अंग बिग्रेर काम नलाग्ने भयो भने पुरुष तयार नहुने अवस्था छ। अंगदान गर्न पुरुषले कन्जुस्याइँ गर्छन्।
किशोरीहरुका लागि लक्षित गर्दै पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप आउने भएपछि बाजुराले पाउनु पर्ने माग बढेको छ।
स्वास्थ्य तथा जनसख्यामन्त्री मोहनबहादुर बस्नेतले दरबन्दी अनुसार डाक्टरहरु व्यवस्थापन गर्दा सचिवालयमा धेरै धम्की आउन थालेको बताएका छन्।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङका पशु चिकित्सक नारायण कुसुमले चामे गाउँपालिका–२ थानचोकका किसानले पालेको एउटा गोरुमा लम्पी स्किनको लक्षण देखिएको जानकारी दिए।
प्रधानमन्त्री पुष्पकमल दाहालकी धर्मपत्नी सीता दाहाल लामो समयदेखि पिएसपी (प्रोग्रेसिभ सुपरन्युक्लियर पाल्सी) नामक रोगबाट ग्रसित थिइन्।
संसारभर ३ हजार ९ सय ७१ प्रजातिका सर्प पाइन्छन्। तीमध्ये १७ प्रजाति मात्र विषालु र घातक मानिन्छन्। तिनै १७ प्रजातिले टोकेर संसारभर कम्तीमा ८१ हजारदेखि १ लाख ३८ हजार सर्वसाधारणको मृत्यु हुने गरेको छ। नेपालमा पनि सर्पदंश सर्वसाधारणको मृत्युको घातक कारणका रूपमा रहिआएको छ।
सर्लाहीको लालबन्दी नगरपालिका–१ मा विषालु सर्पका टोकाइपछि निको पार्न लगाइने खोप उत्पादन गर्ने कारखाना बनाउने काम नारामै सीमित छ।
महाशाखाका अनुसार वैशाखयता सुरु भएको सर्पदंशका कारण नौ जनाको मृत्यु भइसकेको छ। सर्पदंशकै कारण नेपालमा हरेक वर्ष औसत १५ देखि २० जनाको मृत्यु हुने गरेको तथ्यांकले देखाएको छ।
कैलालीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। ‘स्थानीय स्थायित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराकासाथ कैलालीलाई आज पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतसँग नेपालका लागि बेलायती राजदूतावासका कार्यवाहक राजदूत पिप्पा बर्डले बुधबार शिष्टाचार भेटघाट गरेकी छिन।
अव्यवस्थित फोहोर पानी, खुला नालालगायत कारणले डेंगीको उच्च जोखिममा रहेको चिकित्सकहरू बताउँछन्। अझ वस्तीबीचमा सञ्चालित ग्यारेज, कवाड संकलन केन्द्रहरूका कारण जोखिम बढ्दो रहेको चिकित्सकहरूको भनाइ छ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हत्याको धम्की दिँदै फिरौती माग गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
कहिल्यै दरबन्दी बढी त कहिले फाजिल कर्मचारी भन्दै कैलालीको गोदावरी नगरपालिका र धनगढी उपमहानगरपालिकाले स्वास्थ्य क्षेत्रका कर्मचारीलाई गरेको अपहेलनाविरुद्ध यहाँका कर्मचारी संघसंगठन एकबद्ध भएका छन्।
दक्षिण कोरियाली सरकारले भक्तपुरको मध्यपुर थिमि नगरपालिकाद्धारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको स्त्तोरन्नतीका लागि ९ दशमलव ५ मिलियन डलर अर्थात एक अर्ब २५ करोड रुपैंया आर्थिक सहायता प्रदान गरेको छ।
प्रायःजसो तराईमा देखिने डेंगी पछिल्लो समय पश्चिमका पहाडी तथा हिमाली जिल्लामा देखिन थालेको छ। यहाँको वायु प्रदूषणसँगै तापक्रम बढ्दै जाँदा डेंगी संक्रमण देखिएको हो।
काठमाडौं उपत्यकासहित उपत्यकाबाहिर पनि डेंगी संक्रमण फैलिँदै गएको राष्ट्रिय इपिडियिोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हालसम्म उपत्यकाभित्र ९५ जना र देशभरिमा ११ सय ९२ जनामा डेंगी पुष्टि भइसकेको छ।
कोसी प्रदेशमा ५ सय बढी डेंगीका बिरामी रहेको स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ। स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञानबहादुर बस्नेतले कोसी प्रदेशका अस्पतालहरूमा हाल डेंगीका सक्रिय संक्रमितको संख्या ५ सय भन्दा बढी रहेको बताए।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संक्रामक तथा सरुवा रोग अस्पतालको निरीक्षण गर्दै अहिले भईरहेको भन्दा स्तरीय र बिस्तारित सेवा दिन निर्देशन दिएका छन्। नयाँ भवन थपेर अस्पतालको क्षमता बढाउने तयारी छ।
‘कोलिस्टिन’ नामक एन्टिबायोटिक मानिस होस् या पशुपंक्षीमा अन्तिम चरणमा मात्र प्रयोग गरिन्छ। यो भएका कुनै पनि एन्टिबायोटिकले काम नगरेको अवस्थमा मात्र प्रयोग गरिन्छ।
विभिन्न निजी अस्पतालहरूले अर्थ मन्त्रालयलाई दबाब दिएर कोरोना संक्रमणका बिरामीको उपचारका नाममा ३० करोड रुपैयाँंभन्दा बढी निकासा गराएका छन्।
भक्तपुरमा आयुर्वेद स्वास्थ्य सेवाप्रतिको विश्वास बढ्दै गएको देखाएको छ। जिल्लामा आयुर्वेद स्वास्थ्य सेवा लिनेहरुको संख्या वृद्धि देखिएको हो।
सेवामूलक गैरसरकारी संस्था विजेन नेपालनवौँ वर्षमा प्रवेश गरेको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री बस्नेतले आगामी दुई साताभित्र मुलुकका सबै सङ्घीय अस्पतालका सबै शय्या पनि निःशुल्क बनाइने जानकारी दिए।
बागलुङ जिल्लाका ७७ मुहानको खानेपानीमा दिसामा पाइने जीवाणु ‘कोलीफर्म’ रहेको पाइएको छ। जिल्लाका १० स्थानीय तहबाट दुई सय १३ खानेपानी मुहानको नमुना सङ्कलन गरी पानी परीक्षण गर्दा ७७ मुहानको पानीमा ‘कोलीफर्म’ रहेको पाइएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ।
कालिकोटको तिलागुफा १० रुडुगाउँमा अज्ञात रोग फैलिएपछि शुक्रबार जिल्ला अस्पताल मान्म र तिलागुफा नगर अस्पतालबाट खटिएका ३ चिकित्सकसहित ९ स्वास्थ्यकर्मीले ३ सय ११ बिरामीको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरेका छन्।