औषधि व्यवस्था विभागले भन्यो: आँखा पाक्ने रोगको औषधि अभाव छैन
आँखा पाक्ने रोगका बिरामी बढेपछि केहीले औषधि अभावको हल्ला फिजाए पनि पर्याप्त मात्रामा औषधि भएको विभागको भनाइ छ।
आँखा पाक्ने रोगका बिरामी बढेपछि केहीले औषधि अभावको हल्ला फिजाए पनि पर्याप्त मात्रामा औषधि भएको विभागको भनाइ छ।
स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. सङगीता मिश्रालाई नियुक्त गरेका छन्।
चितवनस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रहेका सम्पूर्ण जनरल शय्या (बेड) निःशुल्क गरिएका छन्। अस्पतालका कार्यकारी निर्देशक डा.शिवजी पौडेल नियुक्तिपछिको पहिलो बैठकले शय्या निःशुल्क गर्ने निर्णय गरेको हो।
मंगलवार बिहानदेखी अशान्त गुल्मी अस्पताल परिसर पीडित र अस्पतालबिच सहमति भएसंगै शान्त भएको छ।
धनगढीको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलले डाक्टरको लापरबाहीले मृत्यु भएको भनिएका बिरामीका परिवारलाई २२ लाख दिएको छ । भने लापरबाही गर्ने चिकित्सकलाई कारबाही गर्ने पीडित परिवार सँग प्रतिवद्धता जनाएको छ।
पछिल्लो समय प्रकोपको रुप लिँदै गएको डेंगुबाट उदयपुरमा एक सुत्केरी महिलाको ज्यान गएको छ । केही दिनयता उच्च ज्वरोले थलिएकी जिल्लाको रौतामाई गाउँपालिका ७ की २४ वर्षीया सुमित्रा मगरको डेंगुकै कारण ज्यान गएको स्थानीयले जनाएका छन्।
बालिकाको मृत्यु पछि आफन्तले अस्पतालको लापरवाहीका कारण मृत्यु भएको भन्दै शव उठाउन नमानेपछि तनावको अवस्था उत्पन्न भएको हो।
अस्पतालमा हालै डायलायसिस सेवाका लागि २५ शय्या क्षमताको डायलायसिस केन्द्र स्थापना गरिए पनि आवश्यक जनशक्ति अभावले पूर्ण क्षमतामा सञ्चालन आउन सकेको छैन ।
एक साताअघि घर आएका खत्रीलाई अत्यधिक ज्वरो आएपछि उनलाई परिवारजनले उपचारका लागि धनगढी लगेका थिए।
भरतपुरस्थिति बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशक पदमा डा. शिवजी पौडेल नियुक्त भएका छन्।
केही वर्ष अघिसम्म पहाडी र हिमाली जिल्लामा लामखुट्टे पाइँदैनथे। तराईका जिल्लामा मात्र लामखुट्टे हुन्थे। पहाड र हिमाली जिल्लाका बासिन्दाले लामखुट्टेको कहर झेल्नुपर्थेन।
तराईका जिल्लामा बढी हुने डेङ्गु सङ्क्रमण पछिल्लो समय पहाड र हिमाली क्षेत्रमा पनि देखिन थालेको छ। तराईबाट लामखुट्टे पहाड उक्लिएकाले ती क्षेत्रमा पनि जोखिम बढ्दै गएको छ।
तनहुँको आँबुखैरेनी गाउँपालिकाले यही वर्षदेखि मिर्गौला बिरामीका लागि ‘डायलायसिस’ सेवा सुरु गर्ने भएको छ। यसका लागि गाउँपालिकामा तीन थान डायलायसिस उपकरण आइपुगेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत गाउँपालिकालाई तीन उपकरण प्राप्त भएको हो।
द टाइम्स पत्रिकाले शनिबार यस खोपले मुटु रोगीलाईसमेत फाइदा पुग्ने जनाएको छ। नयाँ पुस्तामा मोटोपनविरुद्धको खोपको प्रभाव के पर्छ भनी गरिएको एउटा वैश्विक परीक्षणमा यसले चाँडै गल्ने र सास लिन गाह्रो हुने बिरामीलाई पनि फाइदा पुर्याएको दाबी गरिएको छ।
तिलगङ्गा आँखा अस्पतालले आँखासँग सम्बन्धित सबै प्रकारका उपचार गराउने उद्देश्यले काठमाडौँको चुच्चेपाटीमा ‘तिलगङ्गा सिटी आई सेन्टर’ को शुभारम्भ गरेको छ।
पाठेघरको मुखको क्यान्सरको परीक्षणमा नयाँ प्रविधि तथा त्यसका फाइदाका बारेमा जनचेतना अभिवृद्धि गराउने उद्देश्यले अभियान सुरु भएको छ।
ललितपुरस्थित मानसिक अस्पतालले युनिटी इन हेल्थ नेपालसँगको साझेदारी गरी मानसिक स्वास्थ्यमा क्षमता अभिवृद्धिको काम सुरु गरेको छ।
सुर्तिजन्य पदार्थको लतमा परेका प्रयोकर्ताहरुलाई लत छुटाउन सरकारले वितरण गरेको निकोटेक्स नामक औषधी प्रयोग सुरु गरेकालाई नै पुरा डोज नपुगी सकिएपछि प्रयोगकर्ता अलपत्र परेका छन्।
डेङ्गु सङ्क्रमणबाट कोशी प्रदेशमा हालसम्म १४ जनाको मृत्यु भएको छ भने २२ हजार दुई सय ३७ सङ्क्रमित भएका छन्।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका इन्टर्न विद्यार्थीहरूको जीवन निर्वाह भत्तासहितका मागमा सहमति भएपछि संघर्ष समितिले आन्दोलनका कार्यक्रम स्थगित गरेको छ।
कपिलवस्तु अस्पताल प्रसूति सेवामा अब्बल बन्दै गएको छ। केही वर्षयता अस्पतालमा दक्ष स्वास्थ्यकर्मीसहितको टोलीले गुणस्तरीय र भरपर्दो सेवा उपलब्ध गराएपछि अस्पताल प्रसूति सेवामा अब्बल बन्दै गएको हो।
कोरोना भाइरसको नयाँ भेरियन्टले हाल विभिन्न मुलुकमा फैलिरहेका इजी ५ लगायतका प्रजातिसँग प्रतिस्पर्धा गर्नेछ। स्पाइक प्रोटिनमा यसले गर्ने हस्तक्षेपका कारण हाल प्रयोगमा आइरहेका खोपलाई अद्यावधिक गर्नुपर्ने अवस्था आउन सक्ने वैज्ञानिकले बताएका छन्।
महिला सामुदायिक स्वास्थ्य स्वयंमसेविकालाई श्रमिकको मान्यता दिन माग गरिएको छ। दक्षिण एशियाका सबै सामुदायिक स्वास्थ्यकर्मीहरूले यस्तो माग अघि सारेका हुन्।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा प्रयोगशालाले सातवटै प्रदेशमा रहेका अस्पतालबाट आँखा पाक्ने रोगको भाइरसको लागि नमूना संकलन गरेर पठाउन आग्रह गरेको छ।