२६ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

ग्रेटर रिडिङ नेपाली समाजद्वारा पाँच थान अक्सिजन कन्सर्नट्रेटर सहयाेग

बेलायतको रिडिङमा बसोबास गरिरहेका नेपालीहरुको संस्था ग्रेटर रिडिङ नेपाली समाज संघले पाँच थान अक्सिजन कन्सर्नट्रेटर सहयाेग गरेकाे छ। कोभिड १९ महामारीविरुद्ध लड्न मध्यबिन्दु जिल्ला अस्पताल, डण्डा, नवलपरासीलाई पाँच थान अक्सिजन कन्सर्नट्रेटर १० एलपिएम (लिटर पर मिनेट) सहयोग गरेको हो।

ग्रेटर रिडिङ नेपाली समाजले डाक्टर पुष्प मणी खरेलको संयोजकत्वमा उक्त पाँच थान अक्सिजन कन्सर्नट्रेटर मध्यबिन्दु जिल्ला अस्पातल, डण्डा, नवलपरासीमा रहेका बिरामीहरुको उपचारमा सहयोगका लागि प्रदान गरेका छ।  

यस्तै, संघले महाबिर पुनको कोभिड १९ विरुद्धको अभियानको लागि राष्ट्रिय आविष्कार केन्द्रलाई तीन लाख रुपैयाँ सहयोग गरेको छ।

प्रकाशित: ३ असार २०७८ ०७:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App