coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

बिरामीका भगवान, कर्मचारीका भरोसा डा. पुजन

जुम्ला तातोपानी गाउँपालिका ३ का चम्पासिंह शाही कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका हाडजोर्नी विशेषज्ञ डा. पुजन रोकायालाई भगवान सम्झन्छन्। डा. पुजन रोकायाको टोलीले सफल अप्रेसन गरेपछि आफू बाँचेको बताउँछन्। गाउँ नजिकैको खानीमा ढुंगा फुटाउँदै थिए। गर्दा माथिबाट झरेको सुख्खा पहिरोले उनी पुरिए।  

गाउँलेले चम्पासिंहलाई मृत घोषणा गरिसकेका थिए। केही गाउँलेले चम्पासिंह मरेको छैन। अस्पताल लैजाउँ। बरु अस्पतालबाट सिंधै चिहान लैजाउँला भनेपछि उपचारका लागि अस्पताल लगिएको थियो। अस्पतालमा डाक्टरले चेकजाँच गर्दा उनको श्वास मन्द चलिरहेको थियो। हतारहतार उपचार सुरु भयो। उपचार टोलीका संयोजक थिए पनि हाडजोर्नी विशेषज्ञ डाक्टर पुजनकुमार रोकाया नै थिए।  

दुबै खुट्टा भाँचिएका थिए। लामो समयको अथक उपचारपछि उनी बैशाखी टेकेर हिँड्डुल गर्न सक्ने भए। चम्पासिंहले भने,'अहिले बाँचेर परिवार भेट्न पाएको छु। आफन्तजनको अगाडी उभिन पाएको छु। गाउँलेसंग सुखदु:ख साट्न पाएको छु। प्रतिष्ठानका डाक्टर सापसँग ८४ जुनीसम्मलाई साइनो गाँसिएको छ। मरिसकेको भनिएको व्यक्ति अस्पतालमा पुर्‍याएर बचेपछि गाउँले चकित छन्।'

हाडजोर्नी विशेषज्ञ डा. रोकाया भन्छन्,“चम्पासिंहको जटिल शल्याक्रिया गरेर बचाउन सक्दा निकै उत्साहित भयौँ। सफल भएको अनुभूति भयो।” तातोपानीका चम्पासिंह एक उदाहरण मात्र हुन्। उनी नेतृत्वको टोलीले कर्णालीका कैयन जटिल प्रकृतिको शल्याक्रिया गरेर बिरामी बचाएर घर फर्काएको छ। मैले नेतृत्व मात्र गरेको हुँ। बिरामीको जटिल अप्रेशन गरेर बचाउन सक्ने भनेको समग्र टिम नै हो।”

पहिलो एमबीबीएस डा. किरण श्रेष्ठ थिए। पछिल्लो समय दोस्रोमा डक्टर पढेका पुजन रोकाया पहिलो एमडी हुन्। डा. पुजन नेपालकै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा छात्रवृत्तिमा पढेका हुन्। डा. रोकाया डक्टर पढ्दा जुम्लामा निकै चर्चा हुन्थ्यो। अहिले उनी डक्टरी पढ्न चाहने युवाका प्रेरणा हुन्।  

धरानमा एमबीबीएस पढ्दा दुर्गमको कोटामा पढेकोले दुर्गम क्षेत्रको सेवा गर्ने धोको थियो। जब कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा स्थापना भयो। तब उनको धोको पूरा भयो। अहिले डा. पुजन रोकायाको नाम हरेक बिरामीको जनजीब्रोमा झुण्डिएको छ। डा. रोकाया अस्पताल पुग्न नसकेका बिरामीलाई फोन गरेर स्वास्थ्य परामर्श दिन्छन। कोरोना कहरमा उनले फोनमै सुझाव दिएर अनुकुलताका आधारमा अस्पतालमा बोलाएर उपचार गर्ने व्यवस्था मिलाएका थिए।  

उनी ब्यक्तिगत खर्चमै पढे। तर सामूहिक भावना बोकेर स्वास्थ्य सेवातिर होमिए। एसएलसी उतिर्ण भएपछि हलो त्याग्ने र माथिल्लो कक्ष उतिर्ण भएपछि थलो छोड्ने गरेको देखिन्छ। तर डा रोकाया जति माथि पढ्दै गए कर्णाली जस्तो दुरदराजमा स्वास्थ्य सेवा दिन तल्लिन भए।” कर्णाली जस्तो भौगोलिक क्षेत्रमा हाडजोर्नी सम्बन्धिका बिरामीहरु अत्यधिक हुन्छन्।

झण्डै दशकअघिसम्म कर्णाली लगायतका विकट बस्तीबाट सामान्य चोटपटक लागेका बिरामी उपचारका लागि महंगो अस्पतालमा पठान्थ्यो जिल्ला अस्पताल स्टाफनर्स र एचएले चलाउँथे। अहिले कर्णाली प्रतिष्ठानमा डा. रोकाया लगायत तीनजना हाडजोर्नी विशेषज्ञ छन्। टोलीको नेतृत्व डा. पुजनकै छ। मेडिकल निर्देशक भएर काम गरिसकेका उनी संग अस्पताल व्यवस्थापन अस्पताल प्रशासन व्यवस्थापनको अनुभव छ।  

उनले भने,“बिरामीको मनोभावना बुझेर काम गर्दा सबैको प्यारो भइन्छ। हरेक स्वास्थ्यकर्मीले बिरामीको मर्का बुझेर अघि बढ्नुपर्छ।” बिरामी भेटदा उनी कहिले रिसाउँदैनन्। डा. रोकायाले गर्ने मायाले बिरामीको आधा रोग नै सञ्चो भएको अनुभुति गराउँछ।  

डा. रोकाया भन्छन,“शहरमा भएको भए घर ठुलो बन्थ्यो होला। पारीश्रमिक बढी पाइन्थ्यो होला। मानसिक तनाव ज्यादै उच्च हुन्थ्यो होला। क्लिनिकल प्राक्टिस गरी पैसा कमाइन्थ्यो होला।” अहिले आफ्नो क्लिनिकल प्राक्टिससँगै रिसर्चको काम पनि अगाडि बढिरहेको उनी बताउँछन। घरमा बसेर आमाले पकाएको खाना खाँदै कर्णाली क्षेत्रको स्वास्थ्य अवस्थाको अनुसन्धान गरी बिरामीको सेवा गर्न पाएको छु। यही नै जीन्दगीको सबै भन्दा ठूलो खुसी हो।  

चन्दननाथ –१ ठिन्केका जंगबहादुर रावल डा. रोकायालाई भेट्दा बिरामी निकै खुसी हुने गरेको बताउँछन्। ४७ वर्षीय बिरामी रावलले डा. रोकायातिर ओैंला तेर्स्याउँदै भने,“अप्रेसन गर्ने डाक्टर यी हुन्। दोस्रो जन्म पाया झैं भयो। ”

जंगबहादुर ढाडको शल्यक्रिया गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेका थिए।    

काठमाडौंमा रहेका सरकारी अस्पतालमा उपचार गर्दा कम्तीमा दुई/अढाई लाख बढी लाग्थ्यो। निजी अस्पतालमा त सातआठ लाखसम्म लाग्छ। तर जुम्लामा डेढ लाखमै सबै सम्भव भयो। उनले भने,“आफ्नै जिल्लाका डक्टरले अप्रेसन गरेर बचाउँदा मन खुसी भयो। ”

डा. रोकायाले आफ्नो रिसर्च जर्नलमा छापिसकेका छन।  उनको अनुसन्धान रिर्पोटका अनुसार जुम्लामा हाडजोर्नीका समस्या धेरैजसो बच्चाहरुमा छ। यसको प्रमुख कारण जुम्लाका घरहरुको ओटालो र छत  छन। परम्परागत घरका कयौं सुन्दर पक्ष भएपनि ओटालो र छतमा रेलिङ नहुँदा केटाकेटी खेल्दै गर्दा लड्ने सम्भावना बढी हुन्छ।  

यसले स्वास्थ्यमा ठूलो समस्या ल्याइरहेको रहेछ। जुम्ला आसपासका अस्पतालहरुले बिरामीको रिफरल सिस्टममा ढिलाई गर्दा पनि समस्या आउने गरेको डा. रोकायाको अनुसन्धान रिर्पोटमा उल्लेख गरिएको छ।  

उपचारमा हरेक बिरामीको खुसी, डाक्टरको पनि खुसी हुन्छ। डाक्टरले आफ्नो शत प्रतिशत समय दिँदा दिँदै पनि सबै केसमा सफलता पाइँदैन। त्यसका थुप्रै कारण हरु हुन्छन, डा. रोकायाले भने,“डाक्टरले राम्रो गर्दा गर्दै पनि कहिले काहीँ बिरामीको रोगको अवस्था उसले सुझाएको कामहरु नगर्नाले एकाध केसहरु असफल पनि हुन्छन। असफलताका पछाडी अलिकति डाक्टरका सिमा पनि होलान्। तर ती नगन्य हुन्छन्। ”

सामग्री र ल्याबको सहज उपलब्धता भएन भने डाक्टरको एक्लो प्रयासबाट केही सम्भव हुँदैन। अलि पहिले सिटिस्क्यान नहुँदा बिरामीलाई रिफर गर्नुपर्ने बाध्यता हुन्थ्यो। अहिले प्रतिष्ठानमै सिटिस्क्यान हुनाले सयौं बिरामी लाभान्वित भएका छन्।  

स्तरीय ल्याब अहिले पनि समस्या छ। अब एमआरआईको आवश्यकता बढ्दै गएको छ। पहिले पहिले सुन्ने बित्तिकै नाक खुम्च्याउने ठाउँ कर्णालीबाट हिजो आज विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह भइरहेको देख्दा निकै खुसी लाग्छ।  

उनले व्यवस्थित आवास र सुचना प्रविधिको पहुँच भविष्यमा चाँडै अपग्रेड हुन सेको खण्डमा   विशेषज्ञ डाक्टर टिकाउन खासै गाह्रो नहुने तर्क उनको छ। आफ्नै खर्चले पढेको भएपनि  दुर्गममा बसेर सेवा गर्न पाउँदा भाग्यमानी ठानेको छु।  

मेडिकल निर्देशक हुदा उत्कृष्ठ काम गरे। अस्पताल निकै व्यवस्थित भएको थियो। अहिले अस्तव्यस्त छ। अहिले फार्मेसीमा औषधि छैन। बिमाको औषधिको सकिएको छ। बिरामीले डा. पुजन देख्ने वित्तिकै शान्तिको सास फेर्छन्। सबैभन्दा बढी कर्णाली प्रतिष्ठानमा बस्ने डा हुन। उनले भने,बिरामी मेरो भगवान हुन्। दुर्गममा सेवा र्गे इच्छा पूरा भयो। जिम्मेवारी पाएको खण्डमा नमुना बनाउन सकिन्छ।  

कर्णाली प्रतिष्ठानमा पनि उनको पक्षमा राम्रो माहोल छ। मेडिकल निर्देशक हुदाको व्यवस्थापनलाई हेरी प्रध्यापकहरुले पनि उनलाई सहजै रुपमा स्वीकार्न सक्छ।

प्रकाशित: १३ चैत्र २०७७ ११:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App