२७ पुस २०८२ आइतबार
image/svg+xml
स्वास्थ्य

स्वास्थ्यमन्त्री अस्वस्थ, ज्वरो आएपछि वीरमा भर्ना

<br>

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल अस्वस्थ भई वीर अस्पतालमा भर्ना भएका छन्।

उनलाई केही दिनदेखि लगातार ज्वरो आएपछि शनिबार अस्पताल भर्ना गरिएको अस्पतालले जनाएको छ।

मन्त्री पौडेलको उपचारमा संलग्न अस्पतालका वरिष्ठ फिजिसियन डा. ध्रुव गैरेका अनुसार उनलाई तीन/चार दिनदेखि ज्वरोको समस्या देखिएको थियो। ‘तीन/चार दिनदेखि ज्वरो आएपछि शनिबार भर्ना हुनुभएको हो,’ डा. गैरेले नागरिक न्युजसँग भने।

उनका अनुसार ज्वरोको कारण पत्ता लगाउन विभिन्न परीक्षणहरू गरिएको छ र केही रिपोर्टहरू आउन बाँकी नै छ। ‘मन्त्रीज्यूको स्वास्थ्य अवस्था अहिले सामान्य छ, ज्वरो पनि केही घटेको छ, तर के कारणले भएको हो भन्ने यकिन गर्न बाँकी छ, रिपोर्ट आएपछि थाहा हुन्छ।’ डा. गैरेले भने।

चिकित्सकका अनुसार, परीक्षणका सबै रिपोर्टहरू प्राप्त भएपछि र स्वास्थ्यमा पूर्ण सुधार देखिएपछि मात्र उनलाई डिस्चार्ज गरिनेछ।

प्रकाशित: १५ असार २०८२ १५:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App