अभिभावकलाई विद्यालयको ‘फोन आतंक’
ललितपुरको चाँगाथली निवासी नीता त्रिपाठीलाई सोमबार एउटा अपरिचित नम्बरबाट मोबाइलमा फोन कल आयो। कुरा गर्दै लाँदा उनलाई थाहा भयो, त्यो कल उपत्यकाको एउटा निजी शैक्षिक संस्थाको रहेछ।
ललितपुरको चाँगाथली निवासी नीता त्रिपाठीलाई सोमबार एउटा अपरिचित नम्बरबाट मोबाइलमा फोन कल आयो। कुरा गर्दै लाँदा उनलाई थाहा भयो, त्यो कल उपत्यकाको एउटा निजी शैक्षिक संस्थाको रहेछ।
गत शनिबार काठमाडौंमा भारी वर्षा भयो। वर्षा हुनेबित्तिकै बागमती, विष्णुमती, मनोहरालगायत नदीकिनार वरिपरिका सडक (करिडोर) जलमग्न भए।
प्रमुख राजनीतिक दलकै प्रतिनिधिहरूको कब्जामा रहेको नेपाल संस्कृत विश्वविद्यालयको १३२६ बिघा जग्गा सरकारले फिर्ता गराउन पहल थालेको छ।
म्याग्दीको बेनी नगरपालिकाले चालु शैक्षिक सत्रमा विद्यार्थी सङ्ख्या न्यून भएका सातवटा विद्यालयको कक्षा घटुवा गरेको छ।
काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका विद्यालयबाट माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएका तर अनुत्तीर्ण भएका विद्यार्थीलाई पूरक परीक्षामा उत्तीर्ण गराउन विशेष पहल थालेको छ।
काठमाडौं महानगरपालिकाले आइतबारदेखि सामुदायिक विद्यालयका विद्यार्थीहरुका लागि एसईई पुरक परीक्षाको तयारी कक्षा सुरु गरेको छ।
काठमाडौं महानगरपालिकाकी उपमेयर सुनीता डंगोलले एसइई परीक्षा उत्तीर्ण गरेका विद्यार्थीलाई अरूसँग तुलना गरेर आफूलाई दुःखी नबनाउन आग्रह गरेकी छन्।
नेपालीमा एउट उखान छ-१२ वर्षपछि खोलो पनि फर्कन्छ। तर हाम्रा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरको सवालमा भन्ने हो भने १२ वर्षपछि पनि खोलो फर्केको छैन अर्थात् नतिजा उस्तै छ।
रोल्पामा शैक्षिक स्तर खस्किँदै गएको तथ्य यसपालिको एसइई नतिजाले देखाएको छ।९३ माध्यमिक विद्यालय रहेको यहाँ ७ विद्यालयको नतिजा शून्य रहेको छ भने जिल्लामा १९.४ प्रतिशत विद्यार्थीहरू मात्र सफल भएका छन्।
२०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा इलाममा ३१ प्रतिशत विद्यार्थी उत्तीर्ण हुँदा केही पालिकाको उत्तीर्ण प्रतिशत निकै कम देखिएको छ।
बागलुङको जैमिनी नगरपालिका–८ छिस्ती, धुसस्थित ताराज्योति प्राथमिक विद्यालयमा पछिल्लो तीन वर्षमा विद्यार्थीको सङ्ख्या ह्वात्तै घटेको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्देशिकाविपरीत सञ्चालित विदेशी सम्बन्धनका कलेजमा भर्ना नगर्न आग्रह गरेको छ।
यहाँका १८ विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा शून्य नतिजा ल्याएका छन्। एक सय २८ सामुदायिक विद्यालयमध्ये १८ वटाको नतिजा शून्य आएको हो।
यस वर्षको एसइई नतिजालाई केलाउँदा कर्णालीमा शैक्षिक गुणस्तर खस्किएको पाइएको छ।
काठमाडौं महानगरपालिकाले यस वर्ष महानगर क्षेत्रभित्र सञ्चालनमा रहेका ३९० संस्थागत शिक्षण संस्थानहरूमा कक्षा ११ का लागि ४ हजार ६२४ छात्रवृत्ति कोटा निर्धारण गरेको छ।
ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) नेपालले आफ्नो कार्यक्षेत्र भित्रका चार विद्यालय, दुई व्यवस्थापन समिति र सातजना शिक्षक तथा विद्यालय कर्मचारीलाई नगदसहित पुरस्कार प्रदान गरेको छ।
हालै सार्वजनिक माध्यमिक शिक्षा परीक्षा (एसइई)मा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का १२ विद्यालयको नजिता ‘शून्य’ आएको छ।
समस्या मात्र होइन इच्छाशक्ति बलियो भए यही प्रणालीबाट समाधानका उपाय पनि निस्कन्छ भन्ने उदाहरण त्रिभुवन विश्वविद्यालयले दिएको छ।
राष्ट्रिय परीक्षा बोर्डले हालै प्रकाशित गरेको माध्यमिक शिक्षा परीक्षा कक्षा १० एसइईमा कुल ४७.८७ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएको अवस्थामा काठमाडौं महानगरपालिकाको एसइईको नतिजा सामुदायिकतर्फ ७८ प्रतिशत रहेको छ।
एकीकृत सहरी विकास केन्द्र र बोटलर्स नेपाल लिमिटेडले काठमाडौंको भित्री क्षेत्रका दुई सामुदायिक विद्यालयबाट बाबा (बालबालिका र वातावरण) परियोजना औपचारिकरुपमा सुरु गरेका छन्।
लुम्बिनीका प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई देशकै प्राविधिक शिक्षालयका रुपमा विकास गरिने बताएका छन्।
मधेस प्रदेश सरकारका मुख्यमन्त्री शतिशकुमार सिंहले उक्त प्रदेशमा बूढानीलकण्ठ स्कूलको शाखा स्थापना गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठलाई आग्रह गरेका छन्।
सिन्धुलीमा यस बर्षको एसईई परीक्षामा १६ ओटा विद्यालयको नतिजा शुन्य आएको छ।
परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानोठिमीले २०८० को माध्यमिक शिक्षा परीक्षा (एसइई) को पुरक परीक्षा (ग्रेड वृद्धि) को समय तालिका सार्वजनिक गरेको छ।