योजना नै पास नभई भुक्तानी
वडा सदस्य भक्त शाहुले भने बारम्बार यस विषयमा कार्यपालिका बैठकदेखि नगर प्रमुख र उपप्रमुखलाई जानकारी गराउँदासमेत कुनै वास्ता नगरी योजना सम्पन्न गरी भुक्तानी गरिएको बताए ।
वडा सदस्य भक्त शाहुले भने बारम्बार यस विषयमा कार्यपालिका बैठकदेखि नगर प्रमुख र उपप्रमुखलाई जानकारी गराउँदासमेत कुनै वास्ता नगरी योजना सम्पन्न गरी भुक्तानी गरिएको बताए ।
मलेसियाका लागि नेपालका राजदूत उदयराज पाण्डेले नेपालको विकासमा पर्यटन क्षेत्रले निर्वाह गरेको भूमिका, नेपालमा पर्यटन क्षेत्रमा उपलब्ध अवसरबारे जानकारी दिँदै नेपाल र मलेसियाबीच पर्यटन प्रवद्र्धनका निम्ति आफू तत्पर रहेको बताए ।
एक लाख रुपैयाँ बराबरको कृषि तथा पशुपक्षी बिमा गर्दा पाँच हजार रुपैयाँ बिमाशूल्क (प्रिमियम) तिर्नूपर्छ। जसमध्ये तीन हजार सात सय ५० रुपैयाँ नेपाल सरकार र बाँकी एक हजार ५० रुपैयाँ कृषकले बिमाशूल्क भुक्तानी गर्नूपर्छ।
एक्स्पोको उद्देश्य उपकरणको जानकारी मात्र हैन सीप तथा ज्ञानको हस्तान्तरण पनि हो।
कर्णाली प्रदेश सरकारले क्रसर उद्योग सञ्चालन कार्यविधि संशोधन गरेको छ। निर्माण व्यवसायीको दबाबमा मन्त्रिपरिषद् बैठकले ‘क्रसर उद्योग स्थापना र सञ्चालनलाई व्यवस्थित गर्न बनेको कार्यविधि–२०७५’ संशोधन गरेको हो।
बढ्दो बजारमा पनि यस दिन बोटलर्स नेपाल तराई, नेपाल फाइनान्स र आँखु खोला जलविद्युत् कम्पनीको सेयर मूल्य तीन प्रतिशतभन्दा बढीले खुम्चिएको छ।
अर्थमन्त्री डा. युवराज खतिवडाले समावेशी आर्थिक विकासका लागि उत्पादनका साधनहरुमाथि सबैको पहुँच समान हुनुपर्ने बताएका छन्।
उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले खोटाङ, ओखलढुंगा र सोलुखुम्बुको सीमानामा बन्न लागेको ६ सय ३५ मेगावाटको दुधकोसी जलासययुक्त विद्युत आयोजनास्थलको मंगलबार निरीक्षण गरेका छन्।
भक्तपुर नगरपालिकाले शैक्षिक कर्जा वितरण सुरु गरेको छ। पहिलो चरण अन्तर्गत नगरपालिकाले ९१ जना विद्यार्थीलाई शैक्षिक ऋण दिएको होे।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यो वर्ष ६० हजारलाई एक सय दिनको रोजगारी दिने भएको छ।
लगातार उकालोको यात्रा तय गरेको धितोपत्र बजारमा कारोवार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले बढेको छ। यस साताको शुरुआतीदेखि नै नेप्सेको उकालो यात्रा जारी नै छ। कारोवार भएको यस साताको तीन कारोवार दिनमा नै नेप्सेमा दोहोरो अङ्कको वृद्धि कायम छ।
श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले इजरायल रोजगारीलाई खुलाउन पहल गर्ने बताएका छन्। आफ्नो तीन महिने कार्ययोजना तथा प्रगति विवरण पेश गर्दै उनले बन्द रहेको इजरायल रोजगार खुलाउन पहल भइरहेको बताए। ३६ वटा कामको विवरण पेश गर्दै उनले जापान रोजगारीमा पठाउन पनि पहल भइरहेको बताए।
नेटवर्क कहिले आउँछ यसै भन्न सकिने अवस्था नरहेको टेलिकम मुगु कार्यालयले जनाएको छ ।
भ्रमण वर्ष २०२०को प्रचारका लागि अष्ट्रेलिया पुगेका पर्यटन तथा नागरिक उड्डयानमन्त्री योगेश भट्टराईले ‘अष्ट्रेलिया सरकारले प्रचारका कार्यक्रम रोकेको’ भन्ने हल्ला निराधार भएको बताएका छन्।
नेपाली सेनाले एक वर्षअघि जाजरकोट डोल्पा सडकको ट्रयाक खोल्ने कार्य सम्पन्न गरेर दुनैलाई सडक सन्जालमा जोडेपनि जाजरकोट डोल्पा सडक खण्डमा पर्ने भेरी नदि र सहायक नदि माथि एक दर्जन बढि पुल नबनेका कारण यात्रुहरुले दर्जनौ जीप परिवर्तन गरेर महंगो भाडा तिरेर यात्रा गर्न बाध्य हुदै आएका छन ।
नेपाली सेनाले एक वर्ष अघि जाजरकोट डोल्पा सडकको ट्रयाक खोल्ने कार्य सम्पन्न गरेर दुनैलाई सडक सन्जालमा जोडेपनि जाजरकोट डोल्पा सडक खण्डमा पर्ने भेरी नदि र सहायक नदि माथि एक दर्जन बढि पुल नबनेका कारण यात्रुहरुले दर्जनौ जीप परिवर्तन गरेर महंगो भाडा तिरेर यात्रा गर्न बाध्य हुदै आएका छन ।
चालू आवमै पाँच हजारलाई रोजगारी दिएर आफ्नै गाउँ–ठाउँमा बस्ने वातावरण बनाउँछौँ”, उनले भने। कार्यक्रममा प्रदेशअन्तर्गतका सिटीइभिटीबाट सम्बन्धनप्राप्त शिक्षण संस्थाका प्रमुख तथा प्रतिनिधि सहभागी थिए ।
सर्लाहीमा दुई सय हेक्टरभन्दा बढी क्षेत्रफलमा तरुलखेती हुने गरेको ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत देवानन्द यादवले जानकारी दिए ।
खान, बस्नका लागि राम्रो सुविधा र सुरक्षा छ भन्ने सन्देश प्रवाह गर्न सकिए भारतबाट सुदूरपश्चिममा ठूलो संख्यामा पर्यटक आउन सक्छन्,’ उनले भने । सीमा नाकाबाट ४८ किलोमिटर दूरीमा रहेको कैलालीकै खानीडाडाका साथै डडेल्धुरालगायत पहाडी जिल्लाका विभिन्न ठाउँ तराईको गर्मी छल्न सम्भावना भएका ठाउँ हुन् । यसका साथै यहाँबाट थुप्रै हिमाल हेर्न सकिन्छ ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित मंगलगढीदेखि चाइना पुलसम्मको करोडौं मूल्य पर्ने जमिन सरकारले आफ्नो नाममा ल्याएसँगै त्यहाँको संरचना हटाउने प्रक्रिया सुरु भएको छ।
किसान संघले पुष २५ गतेसम्म पाउनुपर्ने रकम निकासा नभए पुनः अन्दोलन गर्न काठमाण्डौ जाने संघका अध्यक्ष चौधरीद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा उल्लेख छ ।
पूर्वी नेपालका तराई जोड्ने सबैभन्दा छोटो दूरीको मार्गकारुपमा रहेको गाईघाट–दिक्तेल सगरमाथा राजमार्गअन्तर्गत खोटाङभित्र पर्ने सडकमध्ये फोक्सिङटारदेखि सिमपानी भञ्ज्याङसम्मको २७ किलोमिटर खण्ड देवनारायण पवन÷मैनाचुली÷खाम्पाचे जेभीले तथा सिमपानी भञ्ज्याङदेखि महुरेसम्मको २२ किलोमिटर खण्डको कालोपत्रेका काम भारत कन्स्ट्रक्सन÷सिद्धी शाही जेभीले गरिरहेको छ ।
सुनको मूल्य लगातार उकालो लागेसँगै स्थानीय बजारमा यसको खपत स्वाट्टै घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्लो समय सुनको व्यापार ७५ प्रतिशतले घटेको छ।
मकवानपुरको हेटौंडाबाट भरतपुरतर्फ गएको १३२ केभी प्रसारण लाइनबाट प्रवाह भएको विद्युत्लाई पूर्वी चितवन सबस्टेसनमा ट्यापिङ गरी त्यस क्षेत्रमा आपूर्ति गरिने छ ।