१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सस्तो मूल्यमा इन्टरनेट सेवा उपलब्ध

नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वल्डलिङ्क कम्युनिकेसन लिमिटेडले बुधबारदेखि लागू हुने गरी ३३ सय रूपैयाँमा २०० एमबीपीएसको तीनमहिने इन्टरनेट प्याकेज सार्वजनिक गरेको छ।

नेटटिभी प्रयोग नगर्ने ग्राहक लक्षित यो प्याकेज बजारमा उपलब्ध भएकामध्ये सर्वसुलभ विकल्प भएको कम्पनीको दाबी छ। यो प्याकेज लिन चाहने ग्राहकलाई इन्टरनेट जडान, केबलर डुअल ब्यान्ड राउटर निःशुल्क गरिएको छ। केवल राउटरका लागि एक हजार रूपैयाँ डिपोजिट राख्नुपर्ने वल्डलिङ्कले जनाएको छ।

यो नयाँ प्याकेजबाट विशेषगरी नेटटिभी आवश्यक नपर्ने ग्राहक लाभान्वित हुने कम्पनीको अपेक्षा छ। नेटटिभी आवश्यक पर्ने ग्राहकले भने ४ हजार ५० रूपैयाँमा कम्पनीको २ सय एमबीपीएसको तीनमहिने प्याकेज लिन सक्ने कम्पनीले जनाएको छ।

प्रकाशित: ८ जेष्ठ २०७९ ०३:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App