२३ भाद्र २०८१ आइतबार
image/svg+xml
अर्थ

कोभिडको सामना गर्ने बजेट ल्याउँछौं: पौडेल

फेरि अर्थमन्त्री बनेका विष्णुप्रसाद पौडेलले कोभिड १९ को सामना गर्ने कार्यक्रम राखेर आगामी वर्षको बजेट ल्याउने बताएका छन्।  

अर्थ मन्त्रालयमा शुक्रबार पदबहालीपछि अर्थमन्त्री पौडेलले बजेट तयारीको अन्तिम चरणमा रहेको जानकारी दिए। उनले कोभिड महामारीले प्रभावित अर्थतन्त्रलाई पुनरुत्थान र गतिशील बनाउने संकल्प नयाँ बजेटको हुने बताए।  

उनले कोभिड १९ रोकथाम तथा नियन्त्रण गर्न सम्पूर्ण शक्ति, स्रोत र सामथ्र्य परिचालित गर्ने भन्दै कोभिड १९ विरुद्धको लडाइँलाई थप सघन र प्रभावकारी बनाउने बताए।

अर्थमन्त्री पौडेलले कोभिड १९ बाट संक्रमित भएकाको परीक्षण र उपचारका लागि आवश्यक सबै प्रयास अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे।

पदबहालीका क्रममा अर्थमन्त्री पौडेलले अक्सिजन प्लान्ट र पाइप लाइन जडानका लागि डडेलधुरा अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पताल नेपालगन्जका लागि ५ करोड ८३ लाख रूपैयाँ उपलब्ध गराउने निर्णयलाई स्वीकृत गरेका थिए। 

प्रकाशित: २ जेष्ठ २०७८ ०२:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App