१६ चैत्र २०८० शुक्रबार
अर्थ

रेल्वे बोलपत्र विवाद: छनौट प्रक्रिया त्रुटिपूर्ण

रेल विभागले हालै आह्वान गरेको ‘रेलवे ट्र्याक’निर्माणसम्बन्धी कार्यको बोलपत्रको छनोट प्रक्रिया त्रुटिपूर्ण रहेको भन्दै यसलाई यथाशीघ्र संशोधन गर्न १४ निर्माण कम्पनीले माग गरेका छन्।  

राजधानीमा बिहीबार आयोजित कार्यक्रममा कान्छाराम, बज्रगुरु, रायमाझी, अमर, याकथुम्हाङ, थोदोङ, हिम सगरमाथा, महालक्ष्मी, सपना, गौरी पार्वती, भूमि इन्फ्रास्ट्रक्चर, वल्र्डवाइड, आजादर किरातेश्वर कन्स्ट्रक्सनले रेल्वे ठेक्काको छनोट प्रक्रिया त्रुटिपूर्ण रहेको आरोप लगाएका छन्। उनीहरुले बोलपत्रको ‘क्राइटेरिया’ सच्याउनमाग पनि गरेका छन्। उनीहरुले सार्वजनिक खरिद अनुगमन कार्यालयले स्पेसिफिक कन्सट्रक्सन एक्सपेरियन्स: कन्ट्र्याक्ट्स अफसिमिलर साइज एन्ड नेचर र एक्सपेरियन्स इन की एक्टिभिटिजकोे परिभाषा गर्नुपर्ने माग गरेका छन्।  

सार्वजनिक खरिद अनुगमन कार्यालयलाई आफूहरुले यसअघि नै यस सम्बन्धमा स्पष्ट पारिदिन आग्रह गरिसकेको तर उक्त कार्यालयले अहिलेसम्म कुनै सुनुवाइ नगरेको गुनासो उनीहरुको छ।  

कान्छाराम कन्सट्रक्सनका प्रबन्धनिर्देशक पूर्णबहादुर तामाङले यो ठेक्कामा ठूलो चलखेल भएको आरोप लगाए। उनले यसको विरोध गर्ने कोहीपनि व्यवसायी सुरक्षित नभएको भन्दै सुरक्षाको प्रत्याभूतिगर्न सरकार समक्ष माग गरे।  

रेलवे बोलपत्रमा सर्टिफिकेट रोड मान्यहुने भनिए पनि कामचाहिँ रेलको ट्र्याकमै गरेको हुनुपर्ने प्रावधान राख्नु गलत नियत भएको उनको आरोप छ।  

हिम सगरथामा कन्सट्रक्सनका प्रबन्ध निर्देशक सूर्यप्रसाद तिमिल्सिनाले सडकको प्रमाणपत्रलाई मान्ने हो भने सडककै इनबैंकमेन्ट फिलिङलाई पनि मान्यता दिनुपर्ने माग गरे। उनले भने,‘यसअघिका दुईपटकका ठेक्कामा यसलाई मान्यता दिइएको थियो। यदि रेलवेकै ट्र्याक इनबैंकमेन्टको कामलाई मान्यता दिने हो भने माथिउस्तै प्रकृतिको कार्यपनि रेलवै ट्र्याकै हुनुपर्छ, यसरी विरोधभाष हुनु भएन।’

याक थुम्हाङका प्रबन्धनिर्देशक तेजकुमार कुरुम्वाङले सडकको कामको प्रमाणपत्र मान्य भएपछि सडककै काम गरेको ‘की एक्टिभिटी’ लाई नै मान्यता दिइनुपर्ने बताए।  

बज्रगुरुका प्रबन्ध निर्देशक लक्ष्मणकुमार रानाले रेल विभाग र सीमित व्यवसायीले चलखेल गरेको र रेलवेको कामअवरुद्धपार्न खोजेको टिप्पणी गरे।  

रायमाझीका प्रबन्धनिर्देशक भरतजंग रायमाझीले सीमित कम्पनीलाई मात्रै हुने गरी बोलपत्रआह्वानगरिएको आरोप लगाउँदै त्रुटिहरु तत्काल सच्याउन माग गरे।  

प्रकाशित: ९ श्रावण २०७७ ०३:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App