सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले लोकतन्त्र दिवसको अवसरमा काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको ‘यूथ सेलिब्रेसन’ मा हजारौं युवा सहभागी भएका छन्।
जनआन्दोलनमार्फत निरङ्कुश राजतन्त्रको अन्त्य भएको दिनको स्मरणमा आयोजित कार्यक्रममा सांस्कृतिक झाँकी, नाचगान र सेल्फीमा नेता-कार्यकर्ता व्यस्थ देखिएका छन्।
एमालेले ४० वर्षमुनिका युवालाई लक्षित गरी आयोजना गरेको यो उत्सवमा करिब एक लाख युवा सहभागी हुने अपेक्षा गरिएको राष्ट्रिय युवा सङ्घ नेपालले जनाएको छ।
सङ्घका अध्यक्ष क्षितिज थेबेका अनुसार, देशभरबाट युवाहरू काठमाडौँमा भेला हुनेक्रम जारी छ। कार्यक्रम सुरु हुनुअघि नै भृकुटीमण्डपमा युवा नेता–कार्यकर्ताको भीड बढेको छ। कोही सेल्फी खिच्दै रमाइरहेका छन् भने कोही नेताहरूसँग भलाकुसारीमा व्यस्त देखिएका छन्।
कार्यक्रममा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले संक्षिप्त सम्बोधन गर्नेछन्। अन्य वक्ताहरूमा युवा नेताहरू सुहाङ नेम्वाङ, सुनिता डङ्गोल, समिक बडाललगायत छन्। युवाले उत्पादन गरेका सामग्रीका स्टल, कफी सप र फुड स्टलले पनि कार्यक्रमस्थलको आकर्षण बढाएको छ।
हेराैं तस्बिरहरु। सबै तस्बिर: विजय राई/नागरिक



















प्रकाशित: ११ वैशाख २०८२ १४:०२ बिहीबार





