३ आश्विन २०८१ बिहीबार
image/svg+xml
अर्थ

परराष्ट्रमन्त्री राणालाई महिला उद्यमीको आग्रह: आफ्ना उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन सहयोग गरिदिनुहोस्

नेपाल महिला उद्यमी महासंघ प्रतिनिधिले शुक्रबार परराष्ट्रमन्त्री डा.आरजु राणासँग भेटवार्ता गरेका छन्।  

महासंघ अध्यक्ष शोभा ज्ञवाली र कार्यकारी निर्देशक अभिलाषा पौडेलले नवनियुक्त मन्त्री राणालाई शुक्रबार उनकै निवास बुढानीलकण्ठ पुगेर कार्यकाल सफलताको शुभकामना र बधाई दिएका हुन्।  

भेटमा महासंघ अध्यक्ष ज्ञवाली र कार्यकारी निर्देशक पौडेलले नेपाली महिला उद्यमीले उत्पादन गरेका सामानहरुलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउन आवश्यक पहल गरिदिन मन्त्री राणालाई आग्रह गरेका थिए। 

आफ्ना उत्पादनलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा कसरी प्रवद्र्धन गर्न सकिन्छ भन्ने विषयमा मन्त्री राणासँग छलफल भएको अध्यक्ष ज्ञवालीले जानकारी दिइन्।  

भेटमा मन्त्री राणाले महिला उद्यमशीलताका समस्या र अवसर बारे जानकारी लिँदै नेपाल महिला उद्यमी महासंघले गरेका कामको प्रशंसा गरेकी थिइन् । 

प्रकाशित: ४ श्रावण २०८१ १९:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App