६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

ग्लोबल आइएमई र बडीमालिका नगरपालिकाबीच सम्झौता

ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबीच उद्यमशीलता र स्वरोजगारी प्रवद्र्धन गर्न पालिकाभित्रका उद्यमीलाई सरल रूपमा कर्जा प्रवाह गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएकाे छ।

यससम्बन्धी सम्झौतामा ग्लोबल आइएमई बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र बडीमालिका नगरपालिकाको तर्फबाट नगर प्रमुख अमरबहादुर खड्काले हस्ताक्षर गरेका हुन्।

सम्झौता अनुसार बैंकले पालिकाभित्रका कृषक, कृषि उद्यमी, कृषि फार्म तथा कृषि कर्ममा स्वरोजगार बन्न चाहने नगरबासीलाई कर्जा प्रवाह गर्ने छ।

त्यस्तो कर्जाले नगरपालिकाभित्र उद्यमशीलता मार्फत रोजगारी प्रवद्र्धन हुने विश्वास बैंकले लिएको छ। ग्लोबल आइएमई बैंक मुलुकको ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो।

प्रकाशित: २५ वैशाख २०८१ १२:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App