३ वैशाख २०८२ बुधबार
image/svg+xml १२:३१ अपराह्न
अर्थ

नेपाल रिपब्लिक मिडियाको नागरिक चौतारी कार्यक्रम बनेपाबाट सुरु

नेपाल रिपब्लिक मिडियाले आफ्नो नागरिक चौतारी कार्यक्रम काभ्रेको बनेपाबाट सुरुवात गरेको छ। बनेपाबासीको सशक्तीकरण, वित्तीय साक्षरता, सुविधा तथा डिजिटल बैंकिङमा पहुँच वृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

बनेपास्थित अरनिको पार्टी प्यालेसमा मंगलबार आयोजित नागरिक चाैतारीमा नागरिकसँग वित्तीय विषयमा छलफल भइरहेको छ। यस्ता कार्यक्रमलाई ज्योति विकास बैंकले पछिल्ला दिनहरुमा ‘विशेष प्रस्तुति’ का रुपमा विस्तार गर्दै आएको छ।

नेपाल रिपब्लिक मिडियाले विभिन्न कार्यक्रममार्फत नागरिकका आवाज उठाउँदै आएको छ। कार्यक्रम नेपाल रिपब्लिक मिडिया लिमिटेडको आयोजना तथा ज्योति विकास बैंक लिमिटेडको प्रस्तुतिमा सञ्चालन भइरहेको छ।

प्रकाशित: २५ वैशाख २०८१ ०९:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App