१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

जुम्लामा वैशाख १२ देखि २३ सम्म महोत्सव

महोत्सवबारे जानकारी दिँदै। तस्बिर : नागरिक।

जुम्लामा नयाँ वर्षको अवसर पारेर कृषि, पर्यटन, सांस्कृतिक, व्यापार महोत्सव आयोजना हुने भएको छ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जुम्लाको आयोजनामा एके इभेन्ट बहुउद्देश्यीय प्रा.लि. सुर्खेतले जुम्लामा महोत्सव गर्न लागेको पत्रकार भेटघाटमार्फत जानकारी दिइयो। महोत्सव आगामी वैशाख १२ देखि २३ सम्म सञ्चालन हुने छ।

कर्णाली क्षेत्रको पर्यटन प्रवद्र्धनन गर्न, गाउँ–घरमा रहेका कला र संस्कृतिको उजागर तथा रैथाने बाली उत्पादन बजारीकरणका लागि प्रचार–प्रसारमा टेवा पुगोस् भन्ने उद्देश्य राखेर महोत्सव आयोजना गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष कर्ण बुढ्थापाले बताए।

उनले भने, ‘महोत्सवमा स्थानीय उत्पादनका परिकारको पनि स्वाद चाख्न पाइने छ। महोत्सवमा रैथाने सांस्कृतिक क्रियाकलापको प्रस्फुटनका साथै उद्योगधन्दा र कलकारखानामा कर्णालीवासीको ध्यान केन्द्रित गर्ने छ।’

जुम्लामा उत्पादन हुने रैथाने बालीको बजारीकरण, सांस्कृतिक परम्पराको संरक्षण र पर्यटन क्षेत्रको प्रवर्द्धनबाट आर्थिक समृद्धि हुने नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले बताए। उनले भने, ‘महोत्सव कृषि र पर्यटन क्षेत्र संरक्षण, सांस्कृतिक र औद्योगिक क्षेत्र विकासका लागि बलियो आधार हुने छ।’

आयोजकका अनुसार महोत्सवमा स्टल राखिने छ। स्टलमा कर्णालीमा पाइने सबै प्रकारका खान्की उपलब्ध हुनेछन्। महोत्सवले जुम्लामा पर्यटन, सांस्कृतिक तथा आर्थिक व्यापार प्रवर्धनका लागि सहयोग पुग्ने अपेक्षा गरिएको छ। आयोजकका अनुसार महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारको उपस्थिति रहने छ।

जुम्लामा तीन वर्षअगाडि उद्योग वाणिज्य संघले महोत्सव आयोजना गरेको थियो। कोरोनापछि महोत्सव आयोजना हुन सकेको थिएन। यसपटक महोत्सव चन्दननाथ नगरपालिकामा हुने छ।

प्रकाशित: २९ चैत्र २०८० १०:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App