१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

साइमेक्स इंकलाई दुई पुरस्कार

बिवाइडी एसिया प्यासिफिक-२०२४ डिलर कन्फ्रेन्समा साइमेक्स इंक सम्मानित भएको छ। साइमेक्सले एसिया प्यासिफिक मेजर कन्ट्रिब्युसन डिष्ट्रिब्युटर अवार्ड र सेल्स कन्ट्रिब्युसन अवार्ड गरी दुई महत्त्वपूर्ण पुरस्कार पाएका छन्। यससँगै साइमेक्स इंक एसिया प्यासिफिक क्षेत्रकै प्रमुख वितरक बन्न सफल भएको कम्पनीले जनाएको छ।

साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठले यो उपलब्धि र पहिचान कम्पनीमा आबद्ध सबैको कडा परिश्रम र समर्पणका कारण सम्भव भएको बताए। साथै श्रेष्ठले आगामी दिनमा कम्पनी नवप्रवर्तन, दिगोपन र सबै सरोकारवालाहरूमा आफ्ना मूल्य मान्यता प्रवर्द्धन गर्न प्रतिबद्ध रहने बताए।

प्रकाशित: २० चैत्र २०८० १०:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App