२३ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

एमडिएस प्रणालीको सुरुवातले मोबाइल बजार प्रोत्साहित

नेपाल दूर सञ्चार प्राधिकरणले कात्तिक २० गतेबाट मोबाइल उपकरण व्यवस्थापन (एमडीएमएस) प्रणाली कार्यान्वयन गरेको छ। 

प्राधिकरणले विज्ञप्ति जारी गर्दै ‘मोबाइल उपकरण बजारमा एक महत्वपूर्ण कोसेढुंगा स्थापित भएको जनाउँदै नवप्रवर्तनशील पहलबाट नेपाली मोबाइल बजारमा उल्लेखनीय लाभ प्राप्त हुनुका साथै उद्योग पारदर्शिता र नियमनमा पनि सुधार हुने अपेक्षा गरिएको उल्लेख गरेको छ ।

प्राधिकरणका अनुसार एमडीएमएसको सबैभन्दा महत्वपूर्ण प्रभाव नेपालको मोबाइल उपकरण बजार मार्फत राष्ट्रिय आय वृद्धिमा परेर महत्वपूर्ण योगदान पुग्ने छ । त्यस्तै यस प्रणालीले आइइएमई नम्बरहरू रेकर्डिङ र ट्रयाक गरी सुरक्षा प्रत्याभूत गर्न पनि सघाउने छ ।

सबाहेक यो प्रणालीले चोरी वा हराएको मोबाइल पत्ता लगाउन सहयोग गरेर मोबाइल फोन सम्बद्ध अपराधहरू नियन्त्रण गर्न पनि सघाउने जानकारी प्राधिकरणले दिएको छ ।

प्रकाशित: २१ कार्तिक २०८० ०२:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App