१६ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

हिमालय एयरलाइन्सद्वारा इन्टरनेट बुकिङ इन्जिनको सुरुआत

हिमालय एयरलाइन्सले इन्टरनेट बुकिङ इन्जिन सेवा सुरु गरेको छ। उक्त सेवाबाट ग्राहकले डेस्कटप वा मोबाइलबाट आफ्नो सुविधा अनुसार एअरलाइन्सको वेबसाइटमा गएर टिकट बुकिङ गर्न सक्नेछन्।

यो सुविधाले यात्रुहरूलाई विभिन्न गन्तव्यहरूसँग जोडिन सहज हुने जनाएको छ। सेवाको प्रारम्भिक चरणमा ग्राहकले टिकट खरिदका लागि इसेवा वालेट, मास्टर कार्ड र भिसा कार्डबाट भुक्तानी गर्न सक्ने तथा युनियन पे र कनेक्टस आइपीएस निकट भविष्यमा उपलब्ध हुने एयरआइन्सले बताएको छ।

यसका साथै रिफन्ड रिक्वेस्ट, टिकटको मूल्य खोजी, बुकिङ व्यवस्थापनसहित अतिरिक्त सेवाहरूको उपभोग गर्न सकिने भएको छ। नयाँ सेवाको सुरुआत भएकोमा एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले कम्पनी बढीभन्दा बढी गुणस्तरीय सेवाप्रदान गर्न सदैव तत्पर रहेको र यस नयाँ सेवाबाट हिमालयले आफ्ना ग्राहकलाई सहज रूपमा टिकट बुकिङ अनुभव प्रदान गर्ने बताए।

प्रकाशित: २९ असार २०८० ०४:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App