२३ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

निजी प्राविधिक शिक्षालय महासंघको अध्यक्षमा पाण्डे

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिईभीटी) अन्तर्गत निजी स्तरमा संचालित शिक्षण सस्थाको छाता संगठन निजी प्राविधिक शिक्षालय महासंघको ८ औं महाधिवेशनबाट कपिलवस्तुका अरुण कुमार पाण्डे निर्विरोध अध्यक्षमा निर्वाचित भएका छन्। 

काठमाडौंमा सम्पन्न अधिवेशनले लामो समय प्राविधिक शिक्षा तर्फ लागेका पाण्डेको नेतृत्वमा १७ सदस्यीय समिति  चयन गरेको हो। समितिमा  वरिष्ठ उपाध्यक्ष राम प्रसाद पौडेल, कोशी प्रदेश अध्यक्ष भगवान झा, मधेस प्रदेश अध्यक्ष रामेश्वर नारायण झा, बागमती प्रदेश अध्यक्ष रमेश  कुँवर, गण्डकी प्रदेश अध्यक्ष चन्दन बाबू खत्री, लुम्बिनी प्रदेश अध्यक्ष त्रिलोचन पौडेल, कर्णाली प्रदेश अध्यक्ष  दुर्गा भण्डारी, सुदूर पश्चिम अध्यक्ष किशोर पाण्डे रहेका छन्। 

त्यसैगरी  महासचिव भुवन चक्र जोशी, सचिव धुब्र शर्मा, कोषाध्यक्ष  दोर्ण ओली रहेका छन।  सदस्यहरूमा सिन्धु मल्ल, सुनिल घिमिरे, राजेन्द्र शर्मा, अमृत बुढाथोकी  धन प्रसाद (डी.पि.) खनाल रहेका छन्। साथै संरक्षकमा संस्थाका संस्थापक अध्यक्ष दुर्गा उप्रेती र सल्लाहकार समितिमा इन्जिनियर शैलेन्द्र मोहन झा, बसन्त राज खनाल, दुर्गा भुसाल, भैरब बोहरा धर्मराज गिरि रहेका छन्। 

महाधिवेशन महासंघको  अध्यक्ष बसन्त राज खनालको अध्यक्षतामा प्रमुख अतिथि सिटिइभिटी परिषद् सदस्य इन्जिनियर शैलेन्द्र मोहन झा तथा विशेष अतिथि फोरम फर हेल्थ एन्ड टेक्निकल साइन्सका अध्यक्ष नेत्र चटौत लगायतकाे सहभागिता रहेको थियो।  कार्यक्रमको सञ्चालन सचिव भुवन चक्र जोशीको रहेको थियो। नव निर्वाचित अध्यक्ष पाण्डेले नेपाललाई प्राविधिक शिक्षाको हवको रुपमा विकास गर्ने गरी  काम अघि बढाउने बताए। 

प्रकाशित: १७ असार २०८० ०४:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App