योकोहामामा नेपाली कन्सर्ट हुँदै

अंग्रेजी नयाँ वर्षको अवसरमा जापानको योकोहामामा न्यू इयर म्यूजिकल नाइट २०१७ हुने भएको छ। योकोहामाको चीकु सेन्टरमा ६ जनवरी बेलुकी ५ बजेबाट सुरु हुने कार्यक्रममा नेपालका चर्चित कलाकारहरूको उपस्थिति रहने छ।