'जनसम्पर्क समिति मेरो प्रेरणा स्रोत'
मुलुककै सबैभन्दा पुरानो र प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेससँग आवद्ध साथीहरुलाई जर्मनीमा स्वागत गर्न पाउँदा मलाई खुशी लागेको छ। गैरआवासीय नेपाली संघ र नेपाली जनसम्पर्क समितिको सुरुवात सँगसँगै जस्तो भएको थियो। महामानव विश्वेश्वर प्रसाद कोइरालाको अगुवाइमा नेपाली कांग्रेसले प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गरेको विषय कसैबाट छिपेको छैन। त्यस्तै एनआरएन अभियानले यो उचाई हाँसिल गर्नुमा पनि जनसम्पर्कमा आवद्ध साथीहरुको सुझबुझ र सहभागिताको महत्वपूर्ण योगदान छ।