२० असार २०७७ शनिबार
प्रवास

योकोहामामा नेपाली कन्सर्ट हुँदै

टोकियो—अंग्रेजी नयाँ वर्षको अवसरमा जापानको योकोहामामा न्यू इयर म्यूजिकल नाइट २०१७ हुने भएको छ। योकोहामाको चीकु सेन्टरमा ६ जनवरी बेलुकी ५ बजेबाट सुरु हुने कार्यक्रममा नेपालका चर्चित कलाकारहरूको उपस्थिति रहने छ।

जापानको योकोहामामा आयोजना हुने सो सांगीतिक कार्यक्रममा पप गायक सुगम पोखरेल, नविन के भट्टराई तथा गायक/संगीतकार तारा प्रकाश लिम्वु र नायिका नम्रता सापकोटा लगायतले मनोरंजन प्रदान गर्नेछन्। कार्यक्रममा जापानमै रहेका लोक गायक सूर्य खड्काको पनि प्रस्तुती रहनेछ।

सनराईज कर्पोरेशन र स्पाईस गार्डेनको संयुक्त प्रस्तुति रहने म्यूजिकल नाईटमा नेपालका ख्याति प्राप्त गायक तथा संगीतकार साथै स्थानीय कलाकारहरुको विशेष प्रस्तुती रहने गरी कार्यक्रम आयोजना गरिएको हो।

सो क्रममा योकोहामा नेपाली ग्रुपको औपचारिक घोषणा कार्यक्रम समेत रहेको अभियन्ता तथा कार्यक्रम संयोजक हरी सापकोटाले जानकारी दिए।

प्रकाशित: १० पुस २०७३ १३:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App