२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
समाज

शीतलहरका कारण पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्डमा समस्या

शीतलहरका कारण निर्माणाधीन नारायणघाट–बुटवल सडक खण्डको दाउन्ने क्षेत्रमा सडक सतह चिप्लो हुँदा यातायात आवागमनमा कठिनाइ भएको छ। सडक विभागको आयोजना निर्देशनालयले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।

विगत केही दिनदेखि आकस्मिक रूपमा भएको शीतलहरको कारणले निर्माणाधीन सडकमा समस्या देखिएको हो। सो सडकको केही स्थानमा कल्भर्ट तथा सडक ढलानको काम भइ एकतर्फी सडक सञ्चालन भइरहेकोले सवारी साधन सञ्चालनमा थप कठिनाइ हुने सम्भावना रहेको आयोजनाले जनाएको छ।

मौसममा सुधार नहुञ्जेलसम्म यस सडक खण्डमा यात्रा गर्नुअघि सडकको अवस्थाबारे सही तथा अद्यावधिक जानकारी प्राप्त गरी मात्र यात्रा गर्न आयोजनाले अनुरोध गरेको छ। सो सडक खण्डमा यातायात सञ्चालनमा कुनै अवरोध उत्पन्न भएको अवस्थामा निम्न उल्लेखित वैकल्पिक सडकको प्रयोग गर्न सकिने आयोजनाले स्पष्ट पारेको छ।

पूर्वपश्चिम राजमार्ग हुँदै आउने र जाने सवारी साधन नारायणघाट–मुग्लिङ–पोखरा–स्याङ्जा–पाल्पा हुँदै बुटवल जान सक्नेछन्। यस्तै, कालीगण्डकी चोक (गैंडाकोट) रामपुर पिपलडाँडा हुँदै जान सक्नेछन्। यस्तै काठमाडौंबाट बर्दघाट पश्चिम जाने र बुटवल–काठमाडौं जाने सवारी साधनहरू काठमाडौं–मुग्लिङ–पोखरा हुँदै यात्रा गर्न सक्नेछन्। रासस

प्रकाशित: १६ पुस २०८२ ०६:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App