२० पुस २०८२ आइतबार
image/svg+xml
प्रवास

जापानमा गुन्जियो 'सगरमाथा फूजी जस्तै जुगौंजुग बाँच्नुपर्छ...'

जापान- जापानको नागानो प्रिफेक्चरको सुवा सिटी हल आइतबार नेपालमय बन्यो। जापान नेपाल सोसाइटी नागानोको आयोजना र नेपाली दूतावास जापानको सहकार्यमा यहाँ आयोजित एक चलचित्र प्रदर्शनी कार्यक्रममा कान्छी गायीकाको रूपमा विश्व रेकर्ड कायम गरेकी ८ वर्षीया अतिथि गौतम केसीले जब जापानी र नेपाली भाषामा आफ्नो गीत प्रस्तुत गरिन् उपस्थित २ सय ५० भन्दा बढि जापानी नागरिकहरू मन्त्रमुग्ध बने।

नेपाल जापान कूटनीतिक सम्बन्धको ६० औं बर्षगाँठको अवसर पारेर अतिथिले "गुराँस र साकुराको त्यस्तो माला गाँस्नुपर्छ सगरमाथा फूजी जस्तै जुगौंजुग बाँच्नुपर्छ" भन्दै जापानी र नेपाली भाषामा गीत गाएर सहभागीहरूको मन जितिन्। सुवा सिटीकी मेयर युकारि कानेको र जापानका लागी नेपाली कार्यावाहक राजदूत कृष्णचन्द्र अर्याल तथा नेपाली दूतावास जापानकै उपनियोग प्रमुख टि.एन गिरी समेत सहभागी उक्त कार्यक्रममा जापानी फिल्म निर्देशक बोन इसिकावाद्वारा निर्देशित फिल्म"वर्ल्डस ब्यूटीफूल भिलेज लाप्राक" हेर्दै गर्दा जापानी नागरिक हरूको आँखा रसाएका थिए। चलचित्रमा बैशाख १२ गतेको भूकम्पको केन्द्रबिन्दु गोरखाको लाप्राकमा पुगेको क्षति,लाप्राकबासीले पाएको दुःख आदिलाइ निर्देशक बोनले निकैनै मार्मिक ढंगले प्रस्तुत गरेका छन्।भूकम्पको पिडालाई नजिक बाट भोगेका निर्देशक बोनले नेपालमा भूकम्प गएको तेस्रो दिनमै लाप्राक पुगेको बताए। कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत कृष्णचन्द्र अर्यालले जापानले गरेको सहयोगलाई धन्यबाद दिदै बुद्धको देश नेपाल र बुद्धको जन्मथलो लुम्बिनीको भ्रमण गर्न सहभागीहरूलाई आग्रह गरे। भूकम्प पश्चात् नेपाल सामान्य अवस्थामा फर्किसकेको भन्दै अर्यालले ढुक्क भएर नेपाल प्राकृतिक सौन्दर्यतामा रम्न सहभागीलाई अनुरोध गरे।

प्रकाशित: २० मंसिर २०७३ १३:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App