
प्रर्दशनपछि उनीहरुले भारतले नेपालमा लगाएको नाकाबन्दीका कारण शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा प्रत्यक्ष असर पर्दा मानवीय संकट आउने खतरा रहेको उल्लेख गर्दै विरोध पत्र बुझाएको गैरआवासीय नेपाली संघका संरक्षक जीवा लामिछानेले बताए। उनले यूरोपियन संसदको बैठक चलिरहेको अवसर पारेर संसदका अध्यक्षलाई बुझाएको विरोध पत्रले निकै ठूलो महत्व राख्ने बताए।

एनआरएन प्रमुख संरक्षक जीवा लामिछानेको नेतृत्वमा भएको विरोध प्रदर्शनीमा एनआरएन लग्जेम्बर्ग, त्यहाँ रहेका नेपाली संघ संस्था र नेपाली विद्यार्थी यूरोपीयन संसद अगाडि जम्मा भएर भारतविरुद्ध नाराबाजी गरेका थिए। प्रर्दशनमा गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्त, महासचिव बद्री केसी, एनआरएन महिला संयोजक सपिला राजभण्डारी, एनआरएन लग्जेम्बर्गका अध्यक्ष रमेश तोयना लगायतले प्रर्दशनमा भाग लिएका थिए।

यूरोपियन संसदमा बुझाएको विरोध पत्रमा नाकावन्दीले नेपालको निर्वाध पारवाहन अधिकारको हनन् भएको, विश्व व्यापार संगठनका अन्तराष्ट्रिय मूल्य र मान्यतालाई उल्लंघन गरेको भन्दै तत्काल नाकाबन्दी फुकुवा गर्न आग्रह गरिएको छ। प्रदर्शनीमा विद्यार्थी, व्यवासायी, पत्रकार, बुद्धिजीवी, प्राध्यापक, लक्जेम्बर्ग स्थित नेपाली राजनीतिक दलका भ्रातृसंस्थाका प्रतिनिधिको सहभागिता थियो।
प्रकाशित: १५ मंसिर २०७२ ०४:४८ मंगलबार





