२६ पुस २०८२ शनिबार
image/svg+xml
प्रवास

भारतको मुद्रास्फीति तीन वर्षमै सबैभन्दा कम

नयाँ दिल्ली, फागुन ४ - भारतको मुद्रास्फीति दर गत महिना गत तीन वर्षमै सबैभन्दा कम भएको तथ्याङ्कहरूले देखाएका छन्। यसका कारण ब्याजदर पुनः आफ्नो स्थानमा आउने अपेक्षा गरिएको छ। यी तथ्याङ्कहरूले कङ्ग्रेस पार्टीको नेतृत्वमा रहेको सरकारलाई राम्रो समाचार दिएको छ र उसले मुलुकको अर्थतन्त्रलाई गति दिन केन्द्रीय बैङ्कलाई ब्याजदर घटाउन दबाब दिएको छ।  

व्यापक रूपमा अनुगमन गरिने थोकव्यापार मूल्य सूचकाङ्क जनवरी महिनामा ६.६२ प्रतिशतमा पुगेको छ। यो गत ३८ महिनाको अवधिमा सबैभन्दा राम्रो अवस्था हो।

अनुसन्धान केन्द्र आईएचएस ग्लोबल इनसाइटका अर्थशास्त्री ज्योति नरसिंहले जनवरी महिनामा मुद्रास्फीति ठोस रूपमा घटेको बताए ।

सन् २००९ पछि एसियाको तेस्रो ठूलो अर्थतन्त्र भारतको मुद्रास्फीति सात प्रतिशतभन्दा कम भएको बताइएको छ।

गत महिना केन्द्रीय बैङ्कले आफ्नो व्याजदर ७.७५ प्रतिशतमा पुर्या्एको थियो। रासस/एएफपी

प्रकाशित: ३ फाल्गुन २०६९ २३:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App