२६ पुस २०८२ शनिबार
image/svg+xml
प्रवास

अमेरिकामाथि जाँचमा सहयोग नगरेको आरोप

काबुल (अफगानिस्तान) चैत ४ (एजेन्सी)-अफगानिस्तानका राष्ट्रपति हमिद करजाइले अमेरिकामाथि कान्धारमा १६ जना सर्वसाधारणको हत्या गरेका अमेरिकी सैनिक विरुद्धको जाँचमा सहयोग नपुर्‍याएको आरोप लगाएका छन्।
अमेरिकी सेनाका सार्जेन्ट रोबर्ट बेल्ज ले पछिल्लो आइतबार कान्धाहार सहर वाहिर जथाभावी बन्दुक चलाउदा महिला र केटाकेटी समेत गरी १६ जना सर्वसाधारणको ज्यान गएको थियो।

ति गोली चलाउने सैनिकलाई भने कुवेतको बाटो अमेरिका लगिएको छ। त्यहाँ उनीमाथि सैनिक अदालतमा मुद्दा चलाइनेृ भएको छ। उनलाई अहिले सेनाकै कैदमा राखिएने छ।
उता अफगानिस्तानका सांसदहरू भने ति सैनिकलाई आफ्नै देशमा मुद्दा चलाइनु पर्ने माग गरिहेका छन्।
राष्ट्रपति करजाइले मृतकका परिवारसँग कुराकानी गर्नुकासाथै उनीहरूले न्याय पाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

करजाइले यस सम्बन्धमा विभिन्न किसिमका वयान सुन्नमा आएको र जस अनुसार गोलाबारी गर्ने ति सैनिकसँग एक अर्का पनि सामेल भएको थाहा भएको बताए।

उनले यस सम्बन्धमा जाँच गरिरहेका सरकारी अधिकारीलाई अमेरिकाका तर्फबाट आशाअनुरुप सहयोग प्राप्त नभएको बताए।

प्रकाशित: ४ चैत्र २०६८ ०२:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App