नेपाली 'क्वीन'
उनले चारैतिर हेरिन्। नेपाली अनुहार मनग्गै थिए। केही परिचित केही अपरिचित। यो जमघटले एउटा पार्टीको रुप लिँदै थियो विस्तारै विस्तारै। अनि उनीसँग थियो आज रातभरको समय। उनले घडी हेरिन्, ९ बज्दै थियो। अर्थात् अबको केही घण्टाभित्र केही चमत्कार हुनैपर्थ्यो अन्यथा?