२७ पुस २०८२ आइतबार
image/svg+xml
प्रवास

नेपाली दूतावासले राख्यो डिजिटल वडापत्र, सामाजिक सञ्जाल प्रयोग गर्दा ध्यान पुर्‍याउन अाग्रह

नेपाली दूतावास। फाइल तस्विर

युएई— युएईमा कार्यरत नेपालीहरु तथा सेवाग्राहीको सेवा सुविधालाई ध्यानमा राखी  नेपाली राजदुतावास युएईले विद्युतिय नागरिक वडापत्र राखेको छ। दूतावासले आफ्नो कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवा, सुविधाहरुको प्रक्रिया र विधिबारे सेवाग्रहीहरुलाई सहज तरिकाले सूचना प्रवाह गर्न विद्युतिय नागरिक वडापत्र राखेको हो।

सामाजिक संजालको प्रयोगमा ध्यान दिनुपर्ने कुराहरु लगायत अन्य महत्त्वपूर्ण सन्देशहरुको अडियो, भिडियो पनि राखिनेछ।

यसरी सेवाग्राहीलाई ध्यान दिँदै विद्युतीय नागरिक वडा पत्र राख्नेमा नेपाली दुताबास युएई पहिलो रहेको दुताबासले दाबी गरेको छ। जेठ २१ गतेबाट दूतावास भित्रको प्रतीक्षालयमा राखिएको उक्त वडापत्रमा दूतावासको सम्पर्क विवरण, सेवा र शुल्कको विवरण, नेपाली कागज प्रमाणिकरणको प्रक्रिया, डकुमेन्ट एटेस्टेसन, भिजासम्बन्धी जानकारी र एमआरपी सम्बन्धी महत्त्वपूर्ण जानकारीको डिजिटल डिस्प्लेमा देखिनेछ।

त्यसैगरी दुर्घटनाबाट बच्न अपनाउनुपर्ने सावधानीहरु, लागुऔषध र मदिरा सेवन नगरौं भन्ने सन्देशहरु , युएईमा ल्याउन र लैजान निषेध गरिएका वस्तुहरुबारेको जानकारी समेत वडापत्रमा हुनेछ। सामाजिक संजालको प्रयोगमा ध्यान दिनुपर्ने कुराहरु लगायत अन्य महत्त्वपूर्ण सन्देशहरुको अडियो, भिडियो पनि राखिनेछ।

दूतावासले यस अघि आफ्नो वेबसाईट  फेसबुक पेज, ट्विटर एकाउन्ट तथा सूचना पार्टीमार्फत् सेवाग्राहीलाई सूचना प्रवाह गर्दै आएको थियो।

 

प्रकाशित: २२ जेष्ठ २०७४ १३:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App