२७ पुस २०८२ आइतबार
image/svg+xml
ब्लग

ढोरको हतारो

शान्तिप्रक्रियापछिको बुर्तिबाङ । कति चहलपहल हो, अनुमानभन्दा बाहिर छ । काठमाडौं, बागलुङ सदरमुकाम र बुटवलदेखि हुइँकिएका गाडी जीपको घुइँचो छ । नागबेली बुर्तिबाङ बजार तलतिरका धानखेती अहिले घर र घडेरीले छोपेको छ । पारी तारीखेतका डाँडा पुरै खनिएका छन् । हरिया डाँडा अहिले सेतै पहिरा गए जस्तो । त्यो प्राकृतिक बिपत्तिका पहिरा होइनन् । गाडी ढोरपाटन पुर्‍याउने योजना ।


बीच बजार छेउको कुलोको मुहानबाट जर्वजस्त खोला तारेर तारीखेत पुग्छ जीप । कोचाकोच गरे मुस्किलले १२ जना अटने जीप । भर्खर खनिएको कच्ची बाटो । जीप कहिले कुनातिर, कहिले छेउतिर पुग्दै हुाइकिन्छ । भुजीखोलाको तिरैतिर । त्यस्तै कच्ची बोटोमा पनि दोहोरीका भाका भने चर्को बनाएपछि यात्रु आनन्दित छन् । भर्खर सोझिएको ढोर (स्थानीयभाषामा) जाने बाटो । बुर्तिबाङदेखि दोगाडीसम्म पुगेको छ । त्यस्तै १० किलोमिटर जति होला ।

सदुरमुकामदेखि १ सय किलोमिटर पश्चिम । १५ गाविसको जमघट हुने बुर्तिबाङ बजारबाट ढोरपाटनको यात्रा निस्किएपछि खान बुढाथोकमा व्यवस्था हुन्छ । विहानै यात्रा तय भएपनि बुढाथोक या दोगाडीमा खाना व्यवस्था गरिएन भने माथी अलिक सुविस्ता छैन ।

ठूला घन्टी -स्थानीय भाषामा भेल) गन्द्रयाङ, गन्द्रयाङ गराउादै लम्बु (अघि हिड्ने नाइक खच्चड)ले बाटो छेकेरै आउाछ । जसलाई बाटो छोड्न करै लाग्छ । साँगुरा बाटोको ढिकतिर लाग्नु हुादैन । खच्चडको बानी ढिकतिर धक्लिदिने बानी हुन्छ । खच्चड डाइभर -खच्चड पछि हिड्नेहरु ग्वाला भन्न रुचाउादैनन्)हरुले उर्दि गर्छन- 'दाइ कुनातिर लाग्नुस् ।'

बोबाङको गाउा । मगर, कामी र नौ थर जाति -त्यहाँ नौ थर भने चिनने क्षेत्री जातिहरु छन)को ढुंगाले छ्वाएका घरहरू लस्करै छन् । स्थानीयवासीको नयाँ मान्छेलाई देखे भने बडो चाख लगाएर हेर्छन । भन्छन स्थानीय भाषामा- 'ओइ बऊ, हेर त कताक मान्छे होलान ? ढोर जाने होलान । माथी पुग्दा रातै पर्ला ।'

खच्चड र घोडाका हुलले बाटो खाक्लाङखुक्लुङ छ । माथी जाँदै गर्दा चिसो भए पनि फल्ले घर पुग्नै लाग्दा उकालो । फल्यागै, फल्यागले छाएको घरबाट नाम फल्लेघर । देउराली पुग्न अझै एक घन्टा लाग्छ । फल्लेघरमा पुगेर चियासिया खाने राम्रै व्यवस्था छ । ढोरबाट घर झर्नेको हुल पनि । सााझ झ्याउकिरी कराउने बेला भइसकेको हुन्छ त्यहाँ पुग्दा । एकघन्टा उकालोपछि आयो देउराली । जुन ढोरपाटन उपत्यका छिर्ने नाका । फुलपती चढाउने बेला । उकालोको पसिना उसै चिसो । झन देउरालीमा ठिउरिएको चिसो सिरेटोले मुटु छुने । यसो उत्तरतिर हेर्‍यो ढोरपाटनको फाँट ।

सााझ भएपछि ढोरपाटन कस्तो होला खासै ध्यान हुादैन । बास वारी उत्तरगंगा वा पारी सेलपाखे, एयरपोर्ट पुग्न सकिन्छ । तिब्बतीयनहरुले पनि बासको राम्रै व्यवस्था मिलाउाछन । छेउको ढोरपाटन शिकार आरक्षको कार्यालय नजिक पनि वस्ने व्यवस्था छन् ।

विहान उत्तरगंगाको २२ धारा र वराथानको दर्शन । पारीबाट उकालो गएर फागुनेको धुरी, यता नेपानेका डाँडा, दक्षिणबाट उक्ले सुर्तिबाङको धुरीमा पुगे ढोरपाटन उपत्यका भन्दा पनि अन्य अग्ला हिमसृखंला र धुरी हेर्न सकिन्छ ।


धुमधाम तयारी र हतारो
घोडा खच्चड, भेडीगोठ, वस्तुभाउ माथी बुकी पुर्‍याउन यसपाली हतार छ । महिलाहरु नानी काखी च्यापेर आलुमा उकेरा लगाउनमा हतार । झरी पर्ला भनेर घोडाखच्चडबाट चामल दुवानीको अन्तिम तयारी । माथी बुकीमा खर्च पुर्‍याउन पनि उस्तै हतार छ । मध्य पहाडी राजमार्गको जमघट हुने भएको छ । नापजाप भइसक्यो । तर, आउने कहिले हो ?


तै पनि घडेरी बेचविखनको भाउ उक्लिदै छ । जनै पूणिर्माको तयारी पनि उतिकै छ । हजार बढि भेडाको बलि दिने उत्तरगंगामा बोलपत्रको आव्हान, होटल संचालन बारे छिट्टै तयारीमा जुटने बताए बोबाङ गाविसका पूर्व अध्यक्ष शेरमान घर्तीले । वर्षाले च्याप्दै गयो । बाटोघाटो, पुलपुलेसा मर्मतका लागि स्थानीय युवा केवी घर्तीको पहलमा तयार भएका छन् । 'पछि वर्षा लागेपछि बनाउन गाह्रो हुन्छ, अहिले पानी नपरेको बेला छिट्टै गर्नुछ', केवीले भने ।


व्यापारीहरुलाई तलबाट सामान ढोरपाटन पुर्‍याउन हतार छ । जनै पूणिर्मा नजिकिएर । तल गाउा सुन्न भएकाले गाविस सचिव कर्णबहादुर कुावर ढोरमै पुगेर बृद्ध भत्ता बाँड्न हतार छ । बुकी घाँसमा वस्तुभाउ पुर्‍याउन गोठाला जतिको हतार अरु त अरु कोही छैनन् । आलुमा उकेरा लगाउन गृहणीहरू पनि उतिकै हतारमै । पूणिर्मामा देउता ठेगान लगाउन झाँक्रीहरु आप\mनो सरसमान पुर्‍याउन पनि हतारै गरेका छन् ।


हाम्रो जाति यो हो भनेर पहिचान गराउन सरकारले सूचना जारी गरेपछि स्थानीय नौ थर समुदाय पनि हतारमै छन् । 'हाम्रो थातथलो यो हो भनेर सूचना पठाइसकेका छौं', स्थानीय नौ थर समुदायका समाजसेवी धनबहादुर अदैले भने ।


बाटो नाप्ने टोली पनि एकसातादेखि ढोरमै छ । यता बागलुङ क्षेत्र नं. ३ का सभासद् निरज पुनको टोली अध्ययन गर्न पनि यही मौसममा पुगेर फर्किएको छ । मुलुकको एक मात्र शिकार आरक्षलाई व्यवस्थित र पर्यटकीय क्षेत्र घोषणाका लागि तयारी प्रारम्भिक अध्ययन गरेको सभासद् पुनले बताए । स्थानीय राजनीतिक दलका नेताहरू माओवादीका भद्रमणी कामी, कांग्रेसका तारानाथ पौडेल, एमालेका केशरबहादुर छन्त्याल, राष्ट्रिय जनमोर्चाका झकप्रसाद श्रेष्ठले एउटै स्वरमा भने- 'लौ केन्द्रबाट यस क्षेत्र सधैं ओझेलमा पर्‍यो । कुरा माथी केन्द्रमा पुर्‍याइदिनु पर्‍यो ।'

प्रकाशित: ६ श्रावण २०६६ ०४:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App