६ वैशाख २०८१ बिहीबार
मनोज घर्तीमगर


मनोज घर्तीमगरका लेखहरु :

रकस्टारको माटो प्रेम

कोरोना महामारी नभएको भए नेपथ्य ब्याण्डका गायक अमृत गुरुङ यतिबेला अमेरिकाको कन्सर्टका लागि तयारीमा हुन्थे । कोरोना महामारीले यतिबेला संसार थिलथिलो भएको छ ।

गन्धर्व नाटकघरमा ‘ऊ मरेकी छैन’ मञ्चन

पोखरा थिएटरको गन्धर्व नाटक घरमा नाटक ‘ऊ मरेकी छैन’ मञ्चन सुरु भएको छ। न्यारेटर समूहको पहिलो प्रस्तुतिको रूपमा सुरु यो नाटक पुस १४ सम्म मञ्चन हुनेछ।

गन्धर्व नाटकघरमा ‘उ मरेकी छैन’ मञ्चन

पोखरा थिएटरको गन्र्धव नाटक घरमा नाटक ‘उ मरेकी छैन’ मञ्चन सुरु भएको छ। न्यारेटर समूहको पहिलो प्रस्तुतीको रुपमा मञ्चन सुरु भएको यो नाटक पुस १४ गतेसम्म पोखरा थिएटरको गन्र्धव नाटकघरममा मञ्चन हुनेछ।

गोर्खा भर्ती छनौटमा विभेद गरेको आरोप

बेलायतले गोर्खा भर्ती छनोट प्रक्रियालाई निःशुल्क, निष्पक्ष र पारदर्शी रुपमा हुने बताइरहेका बेला गोर्खा जस्टिसले बेलायती सेनाको भर्ती छनोट प्रक्रियामा विभेद हुने गरेको आरोप लगाएको छ। जस्टिसले शुक्रबार पोखरामा पत्रकार सम्मेन गरि भर्ती छनोटमा विभेद हुँदै आएको आरोप लगाएको हो।

२० गतेदेखि खानेपानीको मुल्य घट्ने

खानेपानीकाे मुल्य घट्ने भएको छ। दैनिक उपभोग्य सामानमा मुल्य वृद्धि भइरहेको बेला गण्डकी प्रदेशमा मंसिर २० गतेदेखि लागु हुने गरी प्रशोधित पिउने पानीको मुल्य घट्ने भएको हो।

गण्डकी प्रदेश प्रमुखसमक्ष मुख्य न्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस

गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवर समक्ष मुख्य न्यायाधिवक्ताको कार्यालयको वार्षिक प्रतिवेदन पेस गरिएको छ।

गण्डकी विश्वविद्यालय खोल्न बाटो खुल्यो

गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले ‘गण्डकी विश्वविद्यालयको स्थापना व्यवस्थापन र सञ्चालन गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका छन्। गण्डकी प्रदेश सभाले पारित गरेको उक्त विधेयकलाई प्रदेश प्रमुख कुँवरले सोमबार प्रमाणिकरण गरेका हुन्।

गण्डकी प्रदेशका दुई विधेयक प्रमाणीकरण

गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले ‘विनियोजन विधेयक–२०७६ र प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७६’ लाई प्रमाणीकरण गरेका छन्। गण्डकी प्रदेश सभाले पारित गरेको उक्त विधेयकलाई प्रदेश प्रमुख कुँवरले मंगलबार प्रमाणिकरण गरेका हुन्।

गण्डकी प्रदेशमा बर पीपल जोगाउन कानुन

गण्डकी प्रदेशमा वर, पीपल र चौतारो संरक्षण पहिलो पटक कानुन बनेको छ। यस क्षेत्रमा परा पूर्वकालदेखिका चौतारीहरु मासिन लागेको भन्दै आवाज उठिरहेका बेला कानुनी रुपमै बर, पीपल र चौतारो संरक्षण गरिने भएको हो। ‘बर, पिपल, समि र चौतारो संरक्षण तथा व्यवस्थापन गर्न बनेको विधेयक’ लाई गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले आइतबार प्रमाणिकरण गरेका छन्। प्रमुख कुँवरले ‘सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पनि प्रमाणिकरण गरेका हुन्। गण्डकी प्रदेश सभाले यी दुई विधेयक माघ ८ गते पारित गरेको थियो।

दर्शक तान्दै ‘घेरो’

पोखराको गैह्रापाटनस्थित गन्धर्व नाटक घरमा मञ्चन भइरहेको लोक नाटक ‘घेरो’ ले दर्शकको ध्यान तानिरहेको छ। नाटक हेर्ने दर्शकको चाप बढ्दो छ।

मौलिकता हराएको देउसी

देउसीको यो लोकभाका खुब मिठो छ। यस्तै मिठासपूर्ण स्वर घन्काउँदै तपाईं हाम्रो दैलोमा देउस्याहरू आइसकेका छन्। वास्तवमै देउसीमा यति धेरै तमासा, मनोरञ्जन छ कि, जोकोही देउसी खेल्न रौसिन्छन्। देउसीको सुरुवातबारे अहिलेसम्म पनि इतिहासमा फरकफरक लेख छन्। इतिहासमा जे लेखिए पनि उहिलेदेखि नै चलेको देउसी–भैलो आजसम्म खेलिदैछ।

नेतृत्व लिँदै आमाहरू

लागू पदार्थ नियन्त्रण तथा समाज सुधार आमा समूह कास्कीले तीन सयभन्दा बढी लागू पदार्थ प्रयोगकर्तालाई पक्राउ गरेर प्रहरीलाई बुझाइसकेको छ । तीमध्ये २५/३० जना जेलमै छन् ।

एक विदेशीको नेपाली बन्ने संघर्ष

बेलायती सेनाका सेवाविवृत्त लेफ्टिनेन्ट जेपी (जोन फिलिप) क्रस को मामलामा रगतको नाता सम्बन्धले काम गर्दैन । बेलायती भूमिमा जन्मेका उनको रगतको नाता नभए पनि उनका सन्तान दर सन्तान छन् ।

त्रिचन्द्रको त्यो पढाइ

आनन्दराज मुल्मी पोखराका नामी व्यापारी प्रेमराज मुल्मीका एक्ला छोरा हुन् । पढाइलेखाइमा असाध्यै रुचि राख्ने तिनै प्रेमराजले धित मरुञ्जेल पढ्न पाएनन् । आफूले पढ्न नपाएको धोको उनले छोरो आनन्दराजलाई पढाएर पूरा गरे ।

४० वर्षपछि गुरु–चेला भेट

प्रदेश नं. ४ का प्रमुख बाबुराम कुँवरले पोखरामा कहलिएका आफ्ना गुरु जोर्ज जोनसँग बिहीबार भेटघाट गरेका छन् । पृथ्वीनारायण क्याम्पसमा आफूलाई अंग्रेजी विषय पढाएका जोर्ज जोनलाई ४० वर्षपछि पोखरा लेखनाथ महानगरपालिका वडा नं. १० स्थित उनकै निवास पुगेर प्रमुख कुवँरले भेटघाट गरी करिब ४५ मिनेट भलाकुसारी गरे ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्