८ वैशाख २०८१ शनिबार
कला

गन्धर्व नाटकघरमा ‘ऊ मरेकी छैन’ मञ्चन

पोखरा – पोखरा थिएटरको गन्धर्व नाटक घरमा नाटक ‘ऊ मरेकी छैन’ मञ्चन सुरु भएको छ। न्यारेटर समूहको पहिलो प्रस्तुतिको रूपमा सुरु यो नाटक पुस १४ सम्म मञ्चन हुनेछ। शुक्रबारदेखि सुुरु भएको नाटक शनिबार दुई सो मञ्चन भएको न्यारेटर समूहका रेवन राईले जानकारी दिए।

‘ऊ मरेकी छैन’ नाटक नाट्य सम्राट बालकृष्ण समले लेखेका हुन्। नाटकको परिकल्पना र निर्देशन चे शंकरले गरेका छन्। नाटकलाई आकर्षक बनाउन धार्मिक संवाद, लोपोन्मुख मारुनी नृत्य, लोक शैलीको भजन तथा लोकगीतले सहयोग गरेको छ।

१ घण्टा १० मिनेटको यो नाटकले पोखरेली नाट्यप्रेमीको मन जित्दै गएको र अझै माया पाउनेमा निर्देशक तथा परिकल्पनाकार चे शंकर विश्वस्त छन्। नाटकमा रोशन ज्ञवाली, सन्दीप पाण्डे, ज्योति हमाल, विष्णुराज तिमिल्सिना, टीकाराम पौडेल, अनुप अधिकारी, श्रृष्टि केसी, सविता सापकोटा, उज्वलराज ढकाल, विनोद रसाइली, गौरव पौडेल, दिलकुमारी लक्ष्मी हमालले अभिनय गरेका छन्।

नाटक प्रभावकारी बनाउन प्रदर्शन अवधिमा थुप्रै किसिमका नाट्य सामग्री प्रयोग गरिएको छ। तिनको व्यवस्थापनसमेत कलाकार आफैंले गर्दै अभिनय गर्न सक्नुले कलाकारको मिहिनेत झल्काउँछ। आफैंले प्रयोग गर्ने सामग्री ठीक समयमा ल्याउँदै थन्क्याउ“दै फेरि अभियनको मुडमा आउनु सहज होइन। जसलाई कलाकारले सहजै व्यवस्थापन गरेकाले नाटक राम्रो बनेको छ। नाटकमा सह–निर्देशनको भूमिका रेवन राईले निभाएका छन्।

आफूहरूको पहिलो प्रयास भएकाले दर्शकको साथ र सहयोग आवश्यक परेको सह–निर्देशक राईले बताए। पहिलो सो हेर्न पुगेका दर्शकले सकारात्मक प्रतिक्रिया दिएपछि न्यारेटर समूह उत्साहित छ।

प्रकाशित: ७ पुस २०७६ ०३:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App