७ वैशाख २०८१ शुक्रबार
राजनीति

गण्डकी विश्वविद्यालय खोल्न बाटो खुल्यो

पोखरा– गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले ‘गण्डकी विश्वविद्यालयको स्थापना व्यवस्थापन र सञ्चालन गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका छन्। गण्डकी प्रदेश सभाले पारित गरेको उक्त विधेयकलाई प्रदेश प्रमुख कुँवरले सोमबार प्रमाणिकरण गरेका हुन्।

प्रदेश प्रमुख कुँवरले विधेयक प्रमाणिकरण गरेपछि गण्डकी प्रदेश सरकारलाई गण्डकी विश्वविद्यालय खोल्ने बाटो खुलेको छ।  

विधेयकलाई असोज ८ गते बसेको प्रदेश सभाको बैठकले पारित गरेको थियो। पारित भएको विधेयकलाई असोज १४ गते गण्डकी प्रदेश सभा सचिवालयले प्रमाणीकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा पठाएको थियो। प्रदेश प्रमुख कुँवरले सोमबार नै पाँच प्रति विधेयकमा हस्ताक्षर गरि प्रमाणीकरण गरेका थिए। 

नेपालको संविधान धारा २०१ को उपधारा २ बमोजिम प्रदेश प्रमुखले विधेयक प्रमाणीकरण गरि त्यसको सूचना यथासम्भव चाँडो प्रदेश सभालाई दिनुपर्ने व्यवस्था छ। सोही धाराको उपधारा ५ को व्यवस्था बमोजिम प्रदेश प्रमुखबाट प्रमाणिकरण भएपछि विधेयक ऐन बन्छ। 

गण्डकी प्रदेश प्रमुखको कार्यालयका शाखा अधिकृत सुरण प्रसाद शर्मा पौडेलका अनुसार प्रदेश प्रमुख कुँवरले प्रमाणिकरण गरेका ती विधेयकमध्ये एक प्रति प्रदेश प्रमुखको कार्यालयमा राखिएको छ भने मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, प्रदेश सभाको सचिवालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय  संघीय कानून तथा संसदीय व्यवस्था मन्त्रालयमा एक/एकप्रति पठाइएको छ। 

प्रकाशित: २७ आश्विन २०७६ १३:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App