१४ आश्विन २०८३ बुधबार
image/svg+xml
राजनीति

पूर्वमन्त्री दीपक मनाङे कांग्रेसमा प्रवेश

गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

मनाङे मंगलबार पूर्वसभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको कांग्रेसको संस्थापनइतर समूहमा सहभागी भएका हुन्।

कांग्रेसको १५औँ महाधिवेशन तयारीका लागि गठन गरिएको समूहको समितिका संयोजक शशांक कोइरालाको सचिवालयका अनुसार कोइरालाले मनाङेलाई औपचारिक रूपमा पार्टीमा स्वागत गरेका थिए।

मनाङेलाई मनाङ जिल्लामा उक्त समूहको महाधिवेशन तयारीसम्बन्धी कामको संयोजकको जिम्मेवारीसमेत दिइएको कोइरालाको सचिवालयले जनाएको छ।

मनाङे यसअघि मनाङबाट स्वतन्त्र उम्मेदवारका रूपमा गण्डकी प्रदेशसभामा निर्वाचित भएका थिए। प्रदेशसभा सदस्यका रूपमा उनले गण्डकी प्रदेश सरकारमा मन्त्रीको जिम्मेवारीसमेत सम्हालेका थिए।

मनाङे यसअघि स्वतन्त्र राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका थिए। कांग्रेस प्रवेशसँगै उनी पार्टीको आगामी महाधिवेशन तयारीमा समेत जोडिएका छन्।

प्रकाशित: १३ आश्विन २०८३ १४:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App